भूकम्पले कुन जातिमा कति भयो मृत्यु ? (तालिकासहित)

२५ बैशाख, २०७२ विभेद बिरुद्ध अभियान  ।भूकम्पबाट मानवीय रुपमा सबभन्दा बढी क्षति ब्यहोर्ने जिल्ला सिन्धुपाल्चोक रहेको सबैतिर चर्चामा छ । सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, रसुुवालगायतका जिल्लामा तामाङहरुको सघन बसोबास भएकोले समुदायगत रुपमा तामाङ समुदाय प्रभावित भएको जोकोहीले सहज अनुमान लगाउन सकिन्छ ।
स्वभाविक छ, भूकम्पबाट कमजोर घरहरु नै बढी क्षतिग्रस्त भएका छन् । बलियो आर्थिक अवस्था भएकाहरुले कमजोर घर बनाउने कमै सम्भावना हुन्छ । तसर्थ यो महाविपत्तिमा सबभन्दा बढी कमजोर आर्थिक अवस्था भएकाहरु नै पीडित भएका छन् । मानव विकाससूचकांकको आधारमा तामाङ समुदाय कमजोर आर्थिक अवस्था भएका समुदायमध्ये एक हो ।
यसपटकको भूकम्पको प्रमुख केन्द्र गोरखा भए पनि सिन्धुपाल्चोकमा बढी क्षति हुनुमा पनि त्यहाँका घरहरुको कमजोर संरचना एक रहेको विज्ञहरुले बताएका छन् । सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य रुपमा सोचिएभन्दा तामाङ समुदाय निकै धेरै प्रभावित भएको देखिएको छ ।
bhukampa-death-data-post
bhukampa-death-data-2post
हालसम्म सरकारले ३ हजार ७ सय ६४ जनाको नामसहितको तथ्याङ्क सार्वजनिक गरेको छ । जसलाई अध्ययन गर्दा कुल मृतकको संख्यामध्ये ३०.५१ प्रतिशत तामाङ समुदायका रहेका छन् । त्यसपछि बाहुन–क्षेत्री–सन्यासीको अनुपात २२.७९ प्रतिशत छ । जिल्लागत रुपमा काठमाडौंमा रहेका बाहुन–क्षेत्रीहरु बढी प्रभावित भएको देखिएको छ । यसको मूल कारण पनि उनीहरुको कमजोर भौतिक संरचना नै हो ।
तेस्रो प्रभावित जाति नेवार रहेको छ जसको मृत्यु अनुपात २२.२३ प्रतिशत छ । नेवार समुदायका अधिकांश पुराना घरहरु भत्किएर मृत्यु भएका हुन् । जिल्लागत रुपमा भक्तपुरमा मृत्यु हुनेहरुमध्ये करिब ९० प्रतिशत नेवार छन् ।
चौथो प्रभावित जाति गुरुङ हुन् । भूकम्पको मुख्य केन्द्रविन्दु भएको गोरखामा सघन बसोबास भएकाले पनि उनीहरु धेरै प्रभावित भएका हुन् । जिल्लागत रुपमा सबभन्दा बढी मानवीय क्षति ब्यहोर्ने जिल्ला सिन्धुपाल्चोक हो ।
सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांक ७ हजार ९ सय ३ जनामध्ये सिन्धुपाल्चोकमा मात्र ३८.६८ प्रतिशतले ज्यान गुमाएका छन् । बाँकी ३० जिल्लामध्ये काठमाडौं १५.३७ र नुवाकोटमा १२.३६ प्रतिशतले ज्यान गुमाएका छन् । बाँकी २९ जिल्लामा करिब ३४ प्रतिशत रहेका छन् ।
साभार :- इसमता 

No comments:

Post a Comment