खुकुरी प्रहारबाट एक युवक घाइते

विराटनगर, बैशाख २२

विभेद बिरुद अभियान

पाँचथरको नागीमा गएराती खुकुरी प्रहारबाट स्थानिय एक युवक गम्भिर घाईते भएका छन् । पुरानो रिसिभिलाई लिएर नागी –१ का २७ बर्षिय देउमान रम्तेलले धारिलो खुकुरी प्रहार गर्दा सोहि ठाउँका ३० बर्षिय बिष्णु कुमार रम्तेल गम्भिर घाइते भएका हुन् ।
खुकुरी प्रहारबाट घाँटि र टाउकोमा गहिरो चोट लागेका विष्णुकुमारको वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रातिष्ठान धरानमा उपचार भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
खकुरी प्रहार गर्ने देउमान रम्तेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरि आवश्यक अनुसन्धान र कार्वाही प्रकृया अगाडी बढाएको जनाइएको छ । 

No comments:

Post a Comment