विभेद बिरुद्ध अभियान । काठमाडौ १२ जेष्ठ २०७२ ।भूकम्पबाट अति प्रभाबित दोलखा जिल्लाको पवटी गाबिस ४ मा रहेका भूकम्प पिडितहरुलाई दलित एकता संजाल नेपालले राहत बितरण गरेको छ ।
भौतिक रुपमा सर्वस्व गुमाएको सो गाबिसका मानिसहरुले बास बस्ने घर छैन, खाने सामान छैन, सरकारले राहतलाई ब्यबस्थित गरेको छैन राहतको नाम मात्र भएको छ सबै घरहरु ढुंगा र माटोबाट निर्मित भएका कारण ध्वस्त भएका छन स्वस्थ समस्या छ भन्दै राहतको लागी अपील गरे पश्चात संजाल सो गाबिसमा पुगी राहत बितरण गरेको संजालले जनाएको छ ।सो गाबिसको ४ नम्बर वडामा ठुलो दलित बस्ती छ भने केही संख्यामा अरु समुदाय रहेका छन । दाल, चामल, सोयाबीन, साबुन, तेल चिउरा, नून लगायत तरकारिकाहरु आज बिहान बितरण गरेको हो । वडाका सबै घर मिली १२० जना भन्दा बढिको संख्यामा मानिसहरु सामुहिक रुपमा खाना खाने गरिरहेका छन भने बाहिर टहरामा बस्न बाध्य छन ।
No comments:
Post a Comment