घरबाट विस्थापित दलित महिला अदालतको शरणमा

१६ मंसिर, बझाङ । दलित महिला भएकै कारण दुई छोरा छोरी सहित ३० बर्षीया मन्जु रसाईली गैर दलीतले घर निकाला गरि दिए पछि चार बर्ष देखि अदालत धाउन थालेकी छन । छिमेकि गाउंको धन प्रकाश गिरी संग ५४ सालमा प्रेम बिवाह गरेकी मन्जु स्नेहि घरपरिवार र श्रीमानले दलीत भएकै कारण एक छोरा र एक छोरी सहित घर निकाला गरिदिए पछि न्याय खोज्दै चार बर्ष देखि बझाङ्ग जिल्ला अदालत धाउन थालेकि हुन ।
मैले पहिला यस्तो आईपर्ला भने थाहापाईन तेरो घांटिमा मेरो घांटि जोड छु घरको मान्छेले नमाने पनि घर छोडे बिदेश बस्ने र आफनो अंशलिएर घर जम बस्ने भने पछि विशवास लागेर बावुको ५ तोला सुन र एक लाख रुपैयां लिएर बिदेश भारत गए भारतमा छोरा बिशाल गिरी छोरी चांदनी गिरी को जन्म भयो उसको घरको मान्छे गएर उसलाई भगाए र घर ल्याए मलाई अलपत्र छोडे जेनतेत घरमा आईपुगे घरमा जांदा कुटपिट गरे केहि सिप नलागे पछि माईती घर बसेको मन्जु रसाईलीले नागरिक संग भने गाउंका मान्छे लगे सुरक्षा निकाय धाय केहि टुङ्गो लागने अदालतले नाता प्रमाणीतको मुद्रा आफुलाई जिताए पनि घर बस्न पाएकी छैन अंश मुदा दिएको चार बर्ष भयो सुनुवाई भएको छैन १०बर्षीया छोरा र
बाबुको घरमा र ५ बर्षीया छोरी चितवन साहारा सेफ हाउसमा छोडेकी छु बावुले पनि घर बस्न नदिए पछि दिदिको घरमा शरण लिएर बसेकी छु ।
घरमा गए सासु र जेठाजु र परिवारका अन्य सदस्य मिलेर डुमुनि हाम्रो घरमा किन आएको भने कुटने गाली गर्ने म र तेरो सन्तानलाई ज्यान र्माने धमकि दिन्छन उनकै डरले छोरा छोरी र म पनि अलगै छु के गर्ने होला अदालत धाउदै ४ बर्ष भई सक्यो न्याय कहिले पाइने हो थाहा छैन धन प्रकाशले अर्को बिवाह गरेर भारतको दिल्ली मा बस्दै आएका छन मेरो र छोरा छोरीको भने बिचल्ली भएको छ। जेठाजुले तिन दिन अघि सदरमुकाम चैनपुरमै आएर मुद्रा खेल्ने भएकी भनेर कुटे पुलीसलाई खबर गरे उनलाई प्रक्राउ गरेन मेरो सुरक्षा नै छैन ।
लामातोला गाबिस ७ का आफना श्रीमान सहित घरकै तिन जनाको नामा अंश मुद्रा चलाएकि उनले आईए सम्मको अध्यन गरकि बताई चैनपुर गाबिस १ चैनपुरमा उनको माईती घर हो जो जिल्लाको सदरमुकाम पनि हो ।
जिल्ला अदालत बझाङ्गको नाता प्रमाणीतको फसेला पछि आफुले नागरिकता मन्जु स्नेहीको ठाउमा गिरी भने र दिएको प्रमुख जिल्ला अधिकारी उदव प्रशाद तिमिलसेनाले जानकारी दिएका छन । मन्जुले जिल्ला अदालत र प्रशासन धाए पनि ग्रामीण भेगकी अधिकांस महिला सहारा बिना न्याय नपाएर घरेलु हिसांको बस्न बाद्य भएकी छन ।
बझाङ्ग जिल्ला अदालतले दिएको जानकारी अनुसार मन्जुले दिएको नाता प्रमाणीतको मुद्रा फसेला भैई मन्जुले जितेको र अंश मुद्रा बिचारा धिन रहेकाले छिटै सुनुवाई हुने जानकारी दिएको छ ।

No comments:

Post a Comment