राल्पाको कोटगाउ र राङसी गाविसलाई छुवाछुत मुक्त गाउ घोषणा

फागुन २५, यसै साता राल्पाको कोटगाउ र राङसी गाविसलाई छुवाछुत मुक्त गाउ घोषणा गरिएको छ । संविधानसभाकी उपाध्यक्ष ओनसरी घर्ती मगरले दुवै गाविसलाई विसाल जनताकाविच छुवाछुत घोषणा गर्नुभएको हो ।
छुवाछुत मुक्त गाउ घोषण गरिसकेपछि उपसभामुख घर्तीमगरले मानिस ठुलो जातले नभई कामले हुने वताउदै, समाजलाई आमुल परिवर्तन गर्न सक्ने दलित समुदायलाई राज्यले प्राथमिकता दिई छुवाछुत र भेदभाव मुक्त गर्नुपर्छ भन्नुभयो ।
उहाँले दलित समुदायको उत्थानका लागि राज्यले विगतमा गम्भिर नभएकोले अव वन्ने संविधानमा दलितलाई विशेषअधिकारको व्यवस्था गर्नु पर्ने वताउनुभयो । उहाँले श्रम सीप चल्ने तर पानी नचल्ने परम्पराको कानुनी रुपमै अन्त्य हुनुपर्छ भन्नुभयो । साथै आगामी दिनमा रोल्पा जिल्लालाई नै पुरै छुवाुछत मुक्त गर्नका लागि सरोकारवालाले ध्यान दिनुपर्ने कुरा राख्नुभयो ।
उहाँले माघ ८ मै संविधान दिन सकेको भए राम्रो हुने भन्दै दिन नसकेको प्रति जनतासंग क्षमा माग्दै, भन्नुभयो, संविधान वनाउनको लागि राजनीतिक दलहरु वहुमतिय र सहमती प्रणालीबाट अगाडी वढ्न खोज्दा समस्या भएको हो । दलहरुले सहमती मार्फत नै संविधान वनाउनुपर्छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुक वाहादुर क्षत्रीले, छुवाछुत सामाजिक अपराध भएकाले अव पनि छुवाछुत र भेदभाव गर्नेलाई सामाजिक दण्ड दिनुपर्ने वताउनु भयो । उहाँले कसैलाई अन्याय परेमा कानुनी प्रकृया मार्फत उसलाई न्याय दिलाउने वताउनुभयो ।
source:-नेपाल समाचारपत्र

No comments:

Post a Comment