उच्च शिक्षामा दलितहरुको सहभागिता शुन्य प्रतिशत रहेको शिक्षा मन्त्रालयको तथ्यांक

काठमाडौँ, २२ फागुन । शिक्षा क्षेत्रमा राज्यको ठुलो लगानी भएपनि दलित समुदायमा त्यसको असर नपरेको सरोकारवालाहरुले बताएका छन् । उच्च शिक्षामा दलित समुदायको पहुँच र सरोकारवालाहरुको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले प्रभावकारी शिक्षा नीति नहुँदा दलितहरु उच्च शिक्षासम्म पुग्न नसकेको बताएका छन् । उच्च शिक्षामा दलितहरुको सहभागिता शुन्य प्रतिशत रहेको शिक्षा मन्त्रालयको तथ्यांक छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले शिक्षा क्षेत्रमा सरकारले अन्यक्षेत्र भन्दा धेरै लगानी गरेपनि अधिंकाश रकम प्रशासनिक खर्च, तलव, भत्ता र सेवासुविधामा खर्च हुने गरेको बताउनुभयो ।  उहाँले १० हजार रुपिँया छात्रवृत्ति वितरण गर्न जादा १० लाख रुपिँया खर्च हुने गरेको चर्चा गर्दै छात्रवृत्ति बितवरणमा एकद्धार प्रणाली अपनाउनु पर्ने बताउनुभयो ।
प्रवक्ता पाण्डेले मुलुकमा १३ प्रतिशत बिद्यार्थीमात्र उच्च शिक्षामा पुग्ने गरेको र त्यसमा दलितको शुन्य प्रतिशत रहेको जानकारी दिनुभयो । शिक्षा विभागकी उपनिर्देशक दुर्गा कडँेलले सरकारले प्राथमिक तहदेखि उच्च शिक्षासम्म विभिन्न शिर्षकमा छात्रवृत्ति बितरण गर्दै आएको तर त्यसको प्रभावकारीताका बारेमा पनि छलफल तथा बहस हुन जरुरी रहेको बताउनुभयो । उच्च माध्यामिक शिक्षा परिषद्का उपसचिव डम्बरकुमार बतासले एकातिर छात्रवृत्ति वापत पाउने रकम न्यून छ भने अर्कोतर्फ वास्तविक उत्पीडितले छात्रवृत्ति पाउन नसकेको बताउनुभयो । 
उपेक्षित उत्पीडित दलित वर्ग उत्थान बिकास समितिका कार्यकारी निर्देशक चन्द्रबहादुर बिश्वकर्माले समितिले वार्षिक ८० लाख रुपिँयाको छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । उहाँका अनुसार गतवर्ष १४ सय बिद्यार्थीले निवेदन दिएकोमा बजेटको अभावले ६ सय बिद्यार्थीलाई मात्र छात्रवृत्ति वितरण गरिएको छ भनी आजको गोरखापत्र दैनिकले खबर छापेको छ ।

No comments:

Post a Comment