विभेदको अन्त्यको लागि राज्य आफै सम्वेदनसिल हुनुपर्छ

IMG_4538
सबै प्रकारका भेदभावको अन्त्य गर्ने सम्वन्धमा वनेको संयुक्त राष्ट्र संघको आईसिईआरडीको मोनिटरिङ्ग वोडी सर्ड कमिटीका अध्यक्ष जोस फ्रान्सिस्को काली टिजेले दलित नागरिक समाजसँग भेटघाट गर्नुभएको छ ।
IMG_4560
औपचारिक भेटघाटका क्रममा नेपाली दलित समुदायका वारेमा छोटो समयमा भएपनि थुपै्र कुरा सुन्ने मौका पाएको वताउनुभयो । नेपाली समाजमा दलित समुदायले भोग्दै आएको जातीय भेदभाव र छुवाछुतको स्थिती सहभागीहरु मार्फत सुनिसकेपछि उहाँले दक्षिण एसियामा जातीय भेदभाव र छुवाछुत प्रथा विद्यमान रहेको पाएको छु भन्नुभयो । उहाँले आफु पनि त्यही विभेदमा पारिएकाहरुको प्रतिनिधी भएको बताउनु भयो । उहाँले आफ्नो मुलुकमा त्यस किसिमका भेदभावहरु रहीरहेको र त्यसका अन्त्यका लागि आफु लागिरहेकोछु भन्नुभयो । यसको अन्त्यका लागि शिक्षा अपरिहार्य आवस्यक छ, शिक्षित व्यक्तिहरु कोही पनि यसको विरुद्धमा जान सक्दैनन्, उहाँले भन्नुभयो हामी चाहान्छौं कहाँ कहिले कसले यो भेदभाव गरिरहेको छ त्यसका लागि संगठित रुपमा आवाज उठाऔ, आन्दोलन गरौं ।

नेपालमा कति जातहरु छन् र को को माथिल्ला जाति हुन् र को को तल्ला जातिहरु हुन ? तिनीहरु को हुन् ? दलित? र अछुत किन ? भन्ने प्रश्नमा जिज्ञासा राख्दै उहाँले राज्यले कसरी कानुनी रुपमा यो किसिमको विभेदको र्सिजना ग¥यो, यसको अन्त्यको लागि राज्य आफै सम्वेदनसिल हुनुपर्छ भन्नुभयो ।
IMG_4537IMG_4545
उहाँले आईसर्डको आर्टिकल ९ ले यस किसिमका भेदभाव र छुवाछुतलाई रोक्न वाध्य पारेको वताउनुभयो । साथै अव वुझाईने आईसर्डको पिरोडिक रिपोर्टमा दलित नागरिक समाजले ध्यान दिन समेत अनुरोध गर्नुभयो । सरकारले वुझाउने पिरियोडिक रिपोर्टमा यो कुराको समराईज गरिनुपर्छ उहाँले भन्नुभयो । यसका लागि आफुले कमिटीका साथीहरुलाई पनि सुनाउने जानकारी गराउनु भयो ।

भेटघाटका क्रममा दलित अधिकारकर्मी हिरा विश्वकर्माले नेपालमा दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुत र राजनीतिक सामाजिक आर्थिक समस्याको अवस्था वारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण जागरण मिडिया सेन्टरका अध्यक्ष रेम वहादुर विश्वकर्माले गर्नुभएको थियो । भेटघाटमा सर्डका अध्यक्ष फ्रान्सिस्को कालीलाई दलित नागरिक समाजले नेपाली चिनो सानो खुकुरी प्रदान गरेका थिए ।
सर्ड अध्यक्षले नेपालका दलित सँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी लगाएत विभिन्न संघ सस्थाहरुसँग पनि छुट्टाछुट्टै भेट गर्नुभएको छ ।  सर्ड पक्ष राष्ट्रहरुको सबै प्रकारको भेदभावहरुको अन्त्यका लागि बनेको सन्धी अभिसन्धीहरुको कार्यन्वयनको लागि अनगमन गर्ने स्वतन्त्र विज्ञहरुको संयुक्त राष्ट्र संघिय अंग हो ।
IMG_4563
IMG_4569

No comments:

Post a Comment