जय कार्की-किर्ने वजार दोलखा- अत्यन्त मिजासिला र बोलाईला रामबहादुर मिजार वर्षका हिसावले झण्डै चार दशक पुग्न लागे । उनले २१ वर्ष त रुख ढालेर र काठको गोलाई काटेर नै विताए । तर यतिखेर उनी लघु उद्योग विकासले संचालन गरेको शिप सम्वन्धी तालिम लिएपछि सिपालु जुत्ता वनाउने कालीगढमा परिवर्तन भएका छन् । उनी भन्छन् २१ वर्षसम्म काठ काट्ने र लोड गर्ने काम गरेपनि बुढेसकालमा बाँच्ने कसरी भन्ने चिन्ताले निकै सतायो । त्यतिमात्र होइन पानी परेको दिन काठ काट्न सकिदैन थियो । काठ नकाटेपछि साहुले ज्याला दिदैन थ्यो परिवार पाल्न मलाई निकै धौ धौ थियो । शरीरको ताकत सकिएपछि काठ काट्ने काम नपाउने पक्का पक्की नै थियो । त्यसकारण लघु उद्योग विकासले खुलाएको तालिम लिएँ । तालिमले मलाई दक्ष वनायो अहिले मजाले ग्राहकको अर्डर अनुसारको जुत्ता वनाएर विक्री गर्दैछु, मलाई भ्याई नभ्याई नै छ । स्कूलवाट पढेर आएपछि घरमा छोराले सघाउँछ । यहाँ नयाँ जुत्ता वनाउँछु र पुराना जुत्ताको मर्मत पनि गर्छु ।
दोलखाको किर्ने वजारको पसलमा सजाएर राखेको जुत्ताको स्तर हेर्दा कुनै विदेशी कम्पनीको भन्दा कम छैन । अत्याधुनिक साँचोमा ढालेर वनाएका छन् विभिन्न आकर्षक जुत्ता । सर्वसाधारणका लागि च्वाइस अनुसारको जुत्ता त वनाउँछन् नै उनी त्यसवाहेक स्कूलहरुले विद्यार्थीको युनिफर्म अनुसारको जुत्ता अर्डर गर्छन् । उनी आप्mनो शिप अनुसारको कमाईमा खुशी देखिन्छन् । उनी भन्छन् “हेर्नुस सर यसवर्षको तीजमा त कोखा नै बाँउडिने गरी ४२ जोर जुत्ताको मर्मत गरें मलाई खाना खानेपनि फुर्सत भएन । बेलुका मर्मत गरेको नगद गन्दा त बाईस शय भएछ । एक हप्ताको कमाई त एकै दिन पो कमाएछु” भन्दै मीठो अनुभव हाँस्तै सुनाए । “ शिप भए विदेशिनु पर्दैन किर्ने वजारमा पनि मज्जाले काम गरेर वाँच्न र वचाउन सकिन्छ भन्ने लाग्यो मलाई” भन्छन् । उनको पसलमा बिक्रीको लागि भुण्ड्याई राखेको कम्मर पेटी मलाई मन प¥यो दाम सोधें “३५० रुपियाँमा दिन्छु सर” उन्ले भने । अनि कत्ति सस्तो त भन्दा मैले मेरै हातले तयार गरेको हो, हाम्रो लोकल मेड हो भन्दै हाँसे । तर पेटीको समग्र डिजाईन र सिलाई कुनै स्तरीय विदेशी कम्पनीको भन्दा कम थिएन । यति कुरा गर्दा गर्दै पहाडको ढुंगेलो वाटोमा ओहोर दोहोर गर्दा तलुवा च्यातिएर भताभुंग भएको मेरो एक जोर जुत्ता बलियो पारेर सिलाई सकेछन् । ज्याला कति भनेको ? तपाईको इच्छा जति दिनुहुन्छ दिनुस, सरको जुत्ता मजबुत पारेर सिलाएको छु भनेर मुसुक्क मुस्काए । झोला टिपेर पसलवाट म निस्कदै थिएँ उनले भने “यो जुत्ता पसलमा सानो चिटिक्क परेको साईन बोर्ड झुण्ड्याउने रहर छ सर ।” मलाई के लाग्यो भने यसरी शिप सिकेर स्वरोजगारी पेशा समात्ने हो भने सन्तुष्टि नै अर्कै हुने रहेछ स्वाभिमानी र स्वावलम्बी जीवन विताउन सकिने रहेछ । रामबहादुर मिजारले जसरी नै स्वरोजगारी बन्ने प्रेरणा लिन सके विदेशवाट नेपाली श्रमिकहरु कफिनमा प्याक भएर आउने क्रममा केही शिथिलता पक्कै आउने थियो ।
source:- nepalarab
No comments:
Post a Comment