अनाथ बालबालिकाहरुको लागी दलित एकता संजाल नेपाल, कुवेतको सहयोग

कुवेत, २२ फागुन । नेपालमा रहेको उत्पीडित कल्याण केन्द्र अनाथलयमा भएका असाहय, बेसाहारा , गरीब २६ बालबालिकाहरुको लागी दलित एकता संजाल नेपाल, कुवेतले नेपाली रूपया ७०५० (सात हजार पचास) नगद सहयोग गरेको छ । केही समय पहिला नेपालबाट आएको उत्पीडित कल्याण केन्द्र अनाथलयमा भएका असाय, बेसाहर, गरीबी बालबालिकाहरुको समस्या र तिनलाई सानो सहयोग गर्नु पर्यो भनी आएको अनुरोधलाई स्वीकार गरी दलित संजालले आर्थिक सहयोग गरेको संजाल अध्यक्ष आस बहादुर नेपालीले परदेशी खबरलाई जानकारी गराएका छन।
 गत १३ फेब्रुअरी २०१५ शुक्रबार बसेको संजालको बैठकले गरेको निर्णय अनुसार कुवेती २२ डिनार सहयोगार्थ रकम सङ्कलन गरी पठाएको हो उक्त सहयोग सङ्कलन रकम काठमाण्डौमा रहेको उत्पीडित कल्याण केन्द्रको नाममा पठाई रकम उत्पीडित कल्याण केन्द्र अनथालायले बुझी सकेको दलित संजालले जनाएको छ ।
साभार :- परदेशी खबर 

No comments:

Post a Comment