७८ वर्षीया तुलसीमायाँ विश्वकर्मालाई राहत प्रदान

पाँचथर, २२ फागुन, हातखुटा चल्न नसक्ने विकलाङ्ग अवस्थामा रहेकी जिल्लाको नाँगी गाविसकी एक वृद्धालाई पवित्र सेवा समाज, धापासी, काठमाडौँले आज राहत प्रदान गरेको छ । नाँगी गाविस–३ निवासी ७८ वर्षीया तुलसीमायाँ विश्वकर्मालाई लत्ताकपडा, फलफूल, खाद्यान्न, नगदसहित राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो । 
प्रजिअ कँडेल, समाजका अध्यक्ष दीक्षा चापागाईं, महिला विकास अधिकृत गोमा वाग्लेलगायतले उनको घरमै गएर राहत प्रदान गरेका हुन् । हातखुट्टा चल्न नसक्ने अवस्थामा रहेकी उनलाई साहारा दिने परिवारसमेत नरहेकाले सहयोग स्वरुप राहत प्रदान गरिएको अध्यक्ष चापागार्ईंले बताउनु भयो ।रासस

No comments:

Post a Comment