गुल्मी लिम्घा-४ र बुटवल बाँसघारीमा आफन्त रहेका राना दम्पतीले आफ्ना छोरीहरू दुर्घटनामा परेको खबर गाउँमा पठाउन पाएका छैनन् । 'काजकिरिया पनि ५ दिनमै टुंग्यायौं,' तमन्ना र सन्जनाकी आमा २५ वर्षीया राधाले भनिन्, 'फेरि उता कोठीको काम गर्न धेरै दिन छुट्यो भने तनाखा काटिन्छ भनेर छिटो गरेका हौं ।'राधा कोठीका मालिकको भातभान्साको काममा खटिन्छिन् भने श्यामबहादुर गाडी पुछ्ने र अरू घरेलु काम गर्छन् । दुवैको गरेर कमाइ महिनामा झन्डै ८ हजार भारु छ । यही कमाइले दुई छोरी र काखको दुईवर्षे छोरो अरमानको पालनपोषण गर्दै आएका थिए । उनीहरू हरिजन बस्तीमा मासिक २५ सय भाडा तिरेर बस्दै आएका छन् ।
'बुबा सन्तबहादुर चण्डीगढको स्थानीय निजी बैंकमा चौकिदारी गर्नुहुन्थ्यो, छ वर्षअघि निधन भयो,' श्यामबहादुरले सुनाए, 'गरिबीका कारण मैले पढलेख गर्न पाइनँ, त्यसैले यतै रोजीरोटीको उपाय गरेर बसेको हुँ ।' आफूले पढ्न नपाए पनि छोराछोरीलाई राम्ररी पढाएर गरिखाने स्थितिमा पुर्याउने उनको चाहना थियो ।घटनालगत्तै रेडिमिक्स गाडीका चालक भागेका छन् भने गाडी स्थानीय डाबडी प्रहरी चौकीको नियन्त्रणमा छ । गाडीका मालिक सम्पर्कमा आएका छन् । क्षतिपूर्ति प्रक्रियाका लागि प्रहरी चौकीमा घटना विवरण (एफआईआर) टिपाइएको छ ।
श्यामबहादुरको परिवारमा आइपरेको शोकको क्षणमा साथ दिन प्रवासी नेपाली संघ (भारत) का प्रतिनिधिले नेपाली दूतावासमा घटनालगत्तै खबर गरे पनि दूतावासका अधिकारी भेट्न पुगेका छैनन् । 'दूतावासबाट कोही कसैले सम्पर्क गरेको छैन, राहत/सहयोग पनि मिलेको छैन,' श्यामबहादुरले भने ।प्रवासी नेपाली संघको दिल्लीस्थित कार्यालय सचिव गोपाल थापाले छोरीहरू गुमाएर पीडा बेहोरिरहेका राना दम्पतीलाई आर्थिक भरथेग गर्न उपाय निकालिने बताए । एफआईआर दर्तापछि पनि वकिल लगाएर अदालती प्रक्रियाबाट मात्रै क्षतिपूर्ति सम्भव भएकाले यसमा पनि दूतावासको सहयोग अपेक्षित छ । 'राना परिवारलाई केही कानुनी र आर्थिक सहयोग जुटाउन फेरि दूतावासलाई आग्रह गर्नेछौं,' उनले भने ।
- स्रोत :- कान्तिपुर
No comments:
Post a Comment