छुवाछूत गर्ने पूजारीले अन्जानमै भेदभाव हुन गयो भन्दै माफी मागे

दलित समुदायसंग सम्बन्धित बिबिध सामग्रीहरूको
संकलन गरिएको यस ब्लगमा सबैलाई हार्दिक स्वागत छ
काठमाडौं स्थित बुढानिलकण्ठमा अनाथ बाल आश्रम खोली अनाथ बालबालिकाहरुको सेवा गर्दै आएका विरेन्द्रनगर सुर्खेतका ५३ वर्षीय प्रजापति नेपाली  बुढानिलकण्ठ मन्दिरमा पुजा गर्न जाँदा छोइछिटो गरेका पूजारी र स्वामीले पीडितसामु माफी मागेका छन् । मन्दिरका पूजारी कमलनाथ न्यौपाने र स्वामी निगमानन्दले पीडितसमक्ष अबका दिनमा जातीय भेदभाव नगर्ने सर्तसहित माफी मागेका हुन् । गत फागुन १ गते बुढानिलकण्ठ मन्दिरमा पूजा गर्न पुगेका स्थानीय प्रजापति नेपालीमाथि छुवाछूत गरेको आरोपमा उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत महाराजगन्जमा उजुरी परेको थियो । 
घटना सम्बन्धमा मिति २०७० फागुन ७ गते दलित गैर सरकारी संस्था महासंघमा दलित नागरिक समाज एवम् मानवअधिकारकर्मीहरुको बैठक बस्यो ।बैठकले घटनाको सत्य, तस्थ बुझ्न महासंघका सचिव सुशील विश्वकर्माको संयोजकत्वमा सन्तोषक विक, रणबहादुर रम्तेल, गौरा नेपाली, कमल विश्वकर्मा,लक्ष्मण दर्नाल, रमेशप्रसाद तिमिल्सिना, सुन्दर सेनी र पवित्रा सुनार रहेको घटना अध्ययन समिति र पीडकलाई कारबाहीका लागि दबाब दिन महासंघका अध्यक्ष गजाधर सुनारको संयोजकत्वमा गणेश विश्वकर्मा, चक्रमान विश्वकर्मा, सहेक विश्वकर्मा, सिके गदाल सहभागी रहनुभएको अनुगमन तथा सहजीकरण टोली निर्माण गरिएको थियो  ।
सोही दिन पीडितले दिएको निवेदनअनुसार महानगरीय प्रहरी वृत्त महाराजगन्ज चौकीमा छलफलका लागि बोलाएकोले त्यसतर्फ दुवै टिम गएको थियो । उक्त कार्यालयका इन्चार्ज डिएसपी प्रभु ढकालले दुवै पक्षलाई राखी आज ८ गते बिहीबार १२ बजे छलफल गराउने जानकारी दिनुभयो । नेपालीले आइतबा
उजुरी दिनुभएको र घटना छानबिनका लागि बुधबारदेखि प्रक्रिया अघि बढेको बताउनुभयो । त्यसै दिन अध्ययन अनुसन्धान टोली घटनास्थल नारायणस्थानस्थित बुढानिलकण्ठ मन्दिरमा गएको थियो
 महाराजगन्ज प्रहरीले स्थानीय नारायणस्थान प्रहरी चौकीलाई पत्राचार गरेपछि प्रहरीले छानबिन गरेको थियो । बिहीबार घटनास्थल पुगेका अधिकारकर्मी, प्रहरी, स्थानीय, मन्दिर व्यवस्थापन समिति र प्रहरीको उपस्थितिमा उनीहरुले माफी मागेका हुन् । ‘पूजारी र स्वामीले अन्जानमै भेदभाव हुन गयो भन्दै माफी मागे,’ घटनास्थल पुगेका दलित अधिकारकर्मी गैरसरकारी संस्था महासंघका सचिव सुशील बिकेले भने । सबै पक्षको उपस्थितिमा तीनबुँदे सम्म्झौता भएको छ ।
जसमा आगामी दिनमा कुनै पनि जातजातिका आधारमा मन्दिरमा भेदभाव गर्न नपाइने, पूजारीले आत्मालोचना गर्ने, मन्दिरमा पूजापाठ गर्दा भेदभाव गर्न नपाइने, मन्दिरमा रक्सी पिएर प्रवेश नगर्ने उल्लेख छ । स्वामी र पूजारीले माफी मागेपछि पीडित नेपालीले न्याय पाएको बताए । ‘स्वामीले भेदभाव गर्दिनँ, टीका लगाइदिन्छु भन्नुभएको छ , म भोलिदेखि नै जान्छु उनले भने ।

No comments:

Post a Comment