दलित भएकै कारण घरजग्गा खालि गर्न दवाव

दिनेश शर्मा÷राजविराज
दलित भएकै कारण आफ्नो घर उठिवास हुन लागेको भन्दै सप्तरीको खोक्सर प्रवाह ३ की एक दलित महिलाले मंगलबार सिडिओसंग गुहार मागेकी छिन् । आफु दलित भएकै कारण कथित उपल्लो जातिका ब्यक्तिले घरजग्गा खालि गर्न दवाव दिएको भन्दै फुलोदेवी मरिक (डोम) ले सिडिओ रामाधिन यादवसंग गुहार मागेकी हुन् ।
पति दर्पि मरिक र छोराछोरी सहित सदरमुकाम राजविराज आईपुगेकी फुलोदेवीले सिडिओ यादवलाई कार्यालयमै भेटी आफ्नो समस्या जानकारी गराएकी छिन् । स्थानिय पाकचे मगर र उनका छोरी÷ज्वाई महेश र संझादेवी चौधरीले आफुमाथी अमानविय ब्यवहार गरेको र घरजग्गा खाली गर्न धम्की दिइको उनले बताएकी छिन् ।
‘घरजग्गा खालि गरी अन्यत्र नगए ज्यान मार्ने सम्मको धम्कि दिएका छन् हजुरु फुलोदेवीले विन्ति विसाईन् । विगत ६०÷७० वर्षदेखि आफ्नो पितापुर्खा सोही ठाउको बसोवास गर्दै आएको र करिव डेढ कठ्ठा ऐलानी जग्गामा आफ्नो समेत गुजारा चलिरहेको जानकारी दिदै फुलोदेविले हाल जग्गा खरिद गरेका ब्यक्तिले धम्किपुर्ण भाषा प्रयोग गरी घरजग्गा खालि गर्न निर्देशन दिएको भन्दै सिडिओ यादव समक्ष गुनासो गरेकी छिन् । उक्त विषयमा ईलाका प्रहरी कार्यालय रुपनीमा उजुरी गर्दा समेत आफुले न्याय पाउन नसकेको उल्लेख गर्दै उले सिडिओ कार्यालयमा निवेदन समेत दर्ता गराएकी छिन् ।
परम्परादेखिनै सुगुर पालन तथा वासका समाग्री निमार्ण गरी गुजारा चलाउदै आएको आफ्नो परिवारलाई षडयन्त्रपुर्वक वेघर बनाउन खोजिएकोले त्यसका विषयमा छानविन गरी शान्तिपुर्ण वसोवासको ब्यवस्था मिलाई दिन उनको निवेदनमा आग्रह गरिएको छ । यता, फुलोदेवी र उनको परिवार प्रति गैरदलित परिवारले गरेको ब्यवहार प्रति दलित नेटवर्क सप्तरीका अध्यक्ष यूक्ती मरिकले आपत्ति जनाउदै त्यसको उचित छानविन तथा शान्तिपुर्ण वसोवासको ब्यवस्थाका लागी प्रहरी प्रशासनसंग माग गरेका छन् । सप्तरीका सिडिओ रामधिन यादवले फुलोदेवीको निवेदन जिल्ला प्रहरी कार्यालयमा पठाईदिन आदेश दिएको जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्घा शाखाले जानकारी दिएको छ ।
(स्रोतः कमाण्डर पोष्ट दैनिक)

1 comment:

  1. १) यो जग्गा ति दलिहरुको नै हुनु पर्छ । किन भने उनीहरु पुर्खौ देखी त्यही बसी आईरहेका छन । आफु जन्मेको हुर्केको बसेको पूर्खौ देखी बस्दै आएको जग्गा तिनिहरुको नै हुनु पर्छ । पहिले शोषक सामन्तहले कलमको भरमा आप्mनो नाममा जग्गा जमिन बनाएर जमिनदार बनेका हुन कसैलाई आफनो सामान्य जिवन गुजारा गर्न देखी लिएर बास बस्ने स्थान पनि छैन भने कसैले सयौ बिघा जग्गा छ यो तिनिहरुले कलमको भरमा सोझा सिधा ब्यक्ती हरुलाई पोषण गरेको कमाएका हुन त्यसैले अब ढिलो चाडो न्याय मिल्ने छ । सम्पूर्ण दलित भनाउहरु अब हामीले धेरै ठुला सपना पनि देख्न पर्दै सुरुवात तलै बाट गर्नु पर्छ । पहिले गास, बास, कपास को लागि हाम्रो यी श्रमजीवी दलितहरुको अधिकार सुनिश्चित गर्दै अगाडी बढ्नु पर्छ

    २) हामीले यस्ता अन्याय अत्याचारहरुको बिरुद्धमा सबै दलित सवालका लागि काम गर्ने संघ संस्थाहरुले एकैचोटी आवाज उठाउनु पर्दछ । अब हामी बाहुन बाद होईन ब्यक्तिले बाद सँग लड्नु पर्छ जस्तो मलाई लाग्छ जसले आफुलाई आपैmलाई म नै मान्छे हो अरु सबै पशु हुन भन्ने आफुलाई सोच्ने मुर्खहरुलाई हाम्रो भन्नु केही छैन । तर मुर्ख भएर फेरी कसैको अधिकारमाथी खेलवाद गर्न खोज्ने दुष्ट अपराधीहरुलाई ठाँउको ठाउमै कार्वाही गर्नु पर्छ । यदी ब्यक्तिले गर्छ भने ब्यक्ति, समुहले गर्छ भने समुह, समाजले गर्छ भने समाज, गाँउले गर्छ भने गाँउ लाई नै हामीले कार्वाही गर्ने सम्मको शक्ति र कानुनको निर्माण गर्नु पर्छ हामीले ।

    ReplyDelete