मिस सुनार (विश्वकर्मा) नेपालको तालिम शुरु

तस्वीर : कस्तोरमाईलो डटकम
६ फागुन | मिस सुनार (विश्वकर्मा)को प्रतिस्पर्धीहरुका लागि ईभेन्ट आयोजक भिजुअल जोन प्रालिले विभिन्न तालिमहरु दिन थालेको छ । सोमबारदेखि उसले प्रतियोगीहरुलाई तालिम दिन शुरु गरेको हो । मिस सुनार (विश्वकर्मा)को उपाधीका लागि १५ जना युवतीहरु सहभागी छन् ।
विभिन्न चरण गरेर आयोजकले १५ जना सुनार समुदायका युवतीहरुलाई फाईनल चरणका लागि छनौट गरेको हो । तालिममा सहभागि १५ जना युवतीहरुले उपाधीका लागि चैत ८ गतेसम्म निरन्तर प्रतिस्पर्धा गर्नुपर्ने आयोजकले बताएको छ । ग्राण्ड फिनालेको दिन एक जनाले मिस सुनार (विश्वकर्मा) नेपालको उपाधी जित्नेछन् ।
प्रतियोगीहरु सन्तोषी सुनार, सुशिला सुनार, शिला विश्वकर्मा, प्रतिक्षा सुनार, सचिना बराल, पुष्पा रामदाम, सपना सुनार, वर्षा सुनार, बुलु सुनार, सृजना विश्वकर्मा, पार्वती सुनार, संगीता गदेल, सिता रामदाम, स्मिता सुनार र सन्जु सुनार तालिममा सहभागि छन् । कोरियोग्राफर सन्जु सुनार र सहकोरियोग्राफर सुमन सुनारले प्रतियोगीहरुलाई कोरियोग्राफि सिकाईरहेका छन् ।
प्रतियोगीहरुलाई व्यक्तित्व विकास, बोल्ने शैली, नेतृत्व विकास, मन्टेसरी, कुकिङ, जातिय पहिचान जस्ता विषयहरु सिकाईने कोरियोग्राफर समेत रहेका भिजुअल जोन प्रालिका प्रबन्ध निर्देशक सन्जु सुनारले जानकारी दिए ।
साभार :- मेनखबर

No comments:

Post a Comment