सञ्चारकर्मी सुनारलाई आर्थिक राहत प्रदान

(इन्सेक )०७० फागुन ५ गते, अछाम । मानवअधिकार रक्षकको सहयोगका लागि इन्सेकले स्थापना गरेको आपतकालिन सहयोग कोषबाट अछामका सञ्चारकर्मी सुरत सुनारलाई फागुन ४ गते रू. ५ हजार रकम प्रदान गरिएको छ । आफ्नो कार्य क्षेत्रमा कुनै समस्या परेमा तत्काल राहतका लागि प्रदान गर्न इन्सेकले स्थापना गरेको उक्त कोषबाट इन्सेक अछाम प्रतिनिधि शिवराज खत्रीले पत्रकार सुनारलाई आर्थिक राहत प्रदान गरेका हुन् ।

पत्रकार सुनार पछिल्लो दुई वर्षमा विभिन्न घटनाको समाचार सञ्कलन तथा इन्सेकलाई सूचना प्रदान गरेका कारण कुटपिटमा परेका थियो । गाउँमै भएको दलित र गैरदलितको विवाहमा दलितलाई गैरदलित पक्षले कुटपिट गरेको बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदा सुनार गैरदलित पक्षबाट कुटिएका थिए । दलित भएकै कारण सुनार स्वयम्ले विभिन्न ठाउँमा छुवाछुतको विभेद समेत खेप्नु परेको थियो ।

No comments:

Post a Comment