गाई काटेको आरोपमा सिसाखानी गाविसका प्रेमबहादुर बिक पक्राउ

बागलुङ २०७० माघ २२ । सिसाखानी गाविसमा गाई काटेको आरोपमा एक जना पक्राउ परेका छन् ।
सिसाखानी ३ का ४५ बर्षिय प्रेमबहादुर बिकलाई ५ महिना अगाडी मल्म गाबिसको छिसबाट पाल्न भनि लिएको गाई आपैmले काटेर मासु बिक्रि गरेको आरोपमा उनकै घरबाट पक्राउ गरिएको हो ।
छिमेकी गाविस रिघाको जोगीडाँडामा गत सोमबार गाई काटेको स्थानीय बासिन्दाले प्रहरी चौकी खर्वाङमा मौखिक उजुरी गरेपछि बिकलाइ पक्राउ गरिएको प्रहरी सहायक निरिक्षक रामप्रसाद पौडेलले जानकारी दिए ।
घटनाबारे इलाका प्रहरी कार्यालय हरिचौरबाट टोली खर्वाङ पुगेर अध्ययन गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाउने प्रहरी सहायक निरिक्षक रामप्रसाद पौडेलले बताए ।

No comments:

Post a Comment