एक बोतल घरेलु रक्सी पिएकी चार वर्षीय सम्झना बिक अहिलेसम्म अचेत

दैलेख– सोमबार बिहान निद्रा खुलेलगत्तै एक बोतल घरेलु रक्सी पिएकी चार वर्षीय सम्झना बिकले अहिलेसम्म अचेत छिन्। सन्तानको अन्त्येष्टि सकिने दिन लैजान राखिएको घरेलु रक्सी बोलपाटा–२ मटेलकी ती बालिका धङधङगिँर्दै हिड्ने र स्पष्ट बोल्नै नसक्ने भएपछि परिवारमा त्रास फैलिएको थियो।
सोमबार बिहान केही समय यस्तो व्यवहार देखाएकी ती बालिका केही समयपछि नै बेहोस भइन्। घरमा राखिएको रक्सीको बोटल रित्तिएको भेटिइएपछि मात्र बालिकाले रक्सी पिएको पत्ता लागेको थियो। घरमा कोही नभएको मौकामा बालिकाले रक्सीको बोतल पुरै रित्ताएको बालिकाका मामाले जनाए। यहाँको दलित समुदायमा बिहे र कागजक्रिया सकिने दिन कोसेलीमा रक्सी लाने चलन छ।
बेहोस भएपछि अत्तालिएका परिवारले बालिकालाई तत्कालै चुप्रास्थित स्थानीय मेडिकलमा लगेका थिए। त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल पुर्‍याइएको छ।टुहुरी यी बालिका हजुरआमासँग बस्दै आएकी थिइन्। जन्मलगत्तै उनकी आमाको मृत्यु भएको थियो भने बाबुले अर्कै बिहे गरेका थिए।
- साभार :- नागरिक

No comments:

Post a Comment