अलग अलग कुवाको पानी प्रयोग गर्ने गल्ति कसको ?

डोटी, माघ २२ , जातीय विभेद गर्न कानुनले नै रोक लगाएको छ। तर, कानुनलाई खुला चुनौती दिँदै दलित समुदायका लागि पानी खाने कुवा नै छुट्टै बनाइएको छ भन्दा अचम्म लाग्न सक्छ। हो, डोटीका अधिकांश गाउँमा दलित र गैर दलितका छुट्टा–छुट्टै कुवा छन्।
जिल्ला सदरमुकाम बाट सबैभन्दा नजिक रहेको गाविस कलेनामा नै दलित र गैर दलितको कुवा छुट्टा छुट्टै छ। दलितले गैर दलितको कुवा छुन पाउँदैनन् भने गैर दलित दिलतका कुवाको पानी खादैनन्।
कलेना–३ बमेमा एउटै टोलमा रहेका दलित र गैरदलित परिवारको अलग अलग कुवाको पानी प्रयोग गर्छन् । दवै कुवा करिव ३० मिटरको फरकमा छन् । गैरदलितको कुवा व्यवस्थित गरी बनाइएको छ भने दलितले प्रयोग गर्ने कुवा  खुला र अव्यवस्थित छ ।
बाक्लो बस्ती रहेको कलेनाको कामी गाउँमा दलितको कुवामा पानी अभाव भएर गैरदलितको कुवामा प्रशस्त पानी भए पनि नझिक्ने गरेको स्थानिय ६७ वर्षिय माता कामीले बताइन् । उनले भनिन्‘हाम्रो कुवामा नआउनुहोस् भनेर गैरदलित पनि भन्दैनन् ,तर पहिलादेखि नै यस्तै चल्दै आएकाले हामी पनि जाँदैनौं  ।

No comments:

Post a Comment