दलित विद्यार्थीलाई सरस्वती पूजामा पूजा गर्न रोकेको भन्दै मुद्दा दर्ता

धनुषा,  ०७० फागुन ८ गतेदलित विद्यार्थीलाई सरस्वती पूजामा पूजा गर्न रोक लगाएको आरोपमा श्री माध्यमिक विद्यालय महुलियाका प्रधानअध्यापक किशोरी साहमाथि फागुन ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा मुद्दा दर्ता भएको छ ।

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम सार्वजानिक स्थलमा हुने पूजापाठमा दलित भनेर पूजा गर्न नदिनु अपराध भएको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँटका इन्सपेक्टर हरिनन्दन चौधरीले बताए । जिल्ला प्रहरी कार्यालयले पीडित पक्षबाट आरोपित विरुद्ध दिएको मुद्दा दर्ता गर्दै आरोपितलाई कानुनी कठघेरामा ल्याई पीडितलाई न्याय दिलाउन प्रहरी खटाउने जनाएको छ ।

पछेर्वा गाविस-७ निवासी श्री माध्यमिक विद्यालय महुलियाका छात्र १६ वर्षीय फिरन महरालाई प्रअ किशोरी साहले सरस्वती पुजामा बस्नमा रोक लगाएका थिए । दलित भएकै कारण पुजामा बस्न नदिएको पीडित विद्यार्थीले बताए । माध्यमिक तहका विद्यालयमा कक्षा १० का प्रथम विद्यार्थीले सँधै पूजामा बस्ने गरेका थिए ।

यस पटक प्रथम विद्यार्थी राजिव कुमार ठाकुर क्रिष्चन धर्म मान्ने भएकोले माघ २१ गते पूजामा नबसेपछि सेकेन्ड विद्यार्थीलाई पूजामा बसाउने पूजा समितिको निर्णय अनुसार दलित विद्यार्थी परेका थियो । दलित विद्यार्थी भएकै कारण विद्यालयका प्रअ किशोरी साह र केही कथित उपल्लो जातका स्थानीयहरूले दलित विद्यार्थीलाई पूजामा बस्नबाट बञ्चित गराएका थिए ।

No comments:

Post a Comment