टाउकोमा ढुंगा प्रहार गरि दलित महिलाको हत्या

फागुन ३ ,२०७० - खोटाङमा मादक पदार्थ सेवन गरी एक युवाले दलित महिलाको हत्या गरेका छन् । 

निर्मलीडाँडा गाविस–७ की ३५ वर्षीया गीता दर्जीलाई सोही स्थानका १९ वर्षीय भाईके भनिने डिल्लीकुमार राईले मादक पदार्थ सेवन गरी बुधबार राति टाउकोमा ढुंगा प्रहार गरेको थिए ।

छिमेकीको विवाह भोजमा भाँडा धुने काम गरेर फर्किएकी दर्जीलाई एक्कासि आरोपितले बिनाकारण ढुंगाले टाउकोमा प्रहार गरेको बताइएको छ ।

No comments:

Post a Comment