राष्ट्रिय दलित आयोगका पदाअधिकारीहरुले भत्ता बितरण गर्दा अनियमितता गरे

माघ-२२, डोटी । सहभागिलाई भत्ता बितरण गर्दा राष्ट्रिय दलित आयोगका पदाअधिकारीहरुले अनियमितता गरेका छन् । डोटीमा बुधवार आयोजित थर सुचीकृत सम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रमका सहभागिलाई भत्ता बितरणमा अनियमितता गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी सहित सरकारी कार्यालयका प्रमुख, पत्रकार, दलित अगुवा लगाएतसंग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । तर कार्यक्रमका लक्षित सरकारी कार्यालय प्रमुखलाई भत्ता बितरण गरिएन भने अन्य सहभागिलाई २ सय रुपियामा हस्ताक्षर गराएर १ सय रुपियाँ थमाएका छन् । कार्यक्रममा सहभागि बढी भएको भन्दै आयोगका पदाधिकारीहरुले कसैलाई खाली कागजमा हस्ताक्षर गराए भने कसैलाई रकम दिन मानेनन् ।

राष्ट्रिय दलित आयोगका सदस्य सचिव भुवन सुनारले कतिपय सहभागिको नाममा आफै फर्जि हस्ताक्षर गरेका छन् । सहभागिहरुले आफुलाई २ सयको भर्पाइमा हस्ताक्षर गराएर १ सय रुपियाँ दिएको भन्दै होहल्ला समेत गरे थिए । कतिपय सहभागिले अनियमितताको आशंका रहेको भन्दै पत्ता बुझ्न मानेनन् । कतिपयले रकम नै फिर्ता गरे । कार्यक्रमका सहभागि पत्रकार रामहरी ओझाले भने–‘२ सयको भर्पाइमा हस्ताक्षर गराएर १ सय रुपिया हातमा थपाए मैले बुझ्न मानेन ।’ उनले चित्त नबुझेपछि भपाई कागजमा आफ्नो नाम काटेको बताए ।

कार्यक्रममा सहभागि सागर सेवाले २ सयमा भपाई गराएर १ सय रुपिया दिदा आफुले बिरोध गरेको बताए । उनले भने–‘नलिनोस भनेर उल्टै हप्काए यस्ता ब्यक्तिबाट दलित बर्गको उत्थान होला भनेर कसरी बिश्वास गर्ने ?’ अधिकांस महिला र बालबालीका रहेको कार्यक्रममा ८० जना हाराहारीमा उपस्थीति थियो । महिला र बालबालीका भने २ सयको भपाईमा हस्ताक्षर गरी १ सय रुपियाँ बुझेर फर्किएका थिए ।

राष्ट्रिय दलित आयोगका सदस्य सचिव भुवन सुनारले आशा गरेको भन्दा बढी सहभागि उपस्थीत हुदा समस्या आएको बताए । उनले पत्रकारहरु संग आफ्नो बाध्यतालाई बुझ्न आग्रह गरे । सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष कृष्ण मलासीले भक्ता बितरणमा सदस्य सचिव जस्तो व्यक्ति आफै खटिनु, त्यसमा पनि बालबालिका झै व्यबहार गर्नु अस्वभनिय रहेको बताए ।

आयोगका सदस्य सचिव सुनारले कार्यक्रमको बजेट बारे स्पष्ट बताउन मानेनन् । राष्ट्रिय दलित आयोगका सदस्य दान बहादुर बिकले यो कार्यक्रम पेश्की रकम बाट आयोजना गरेको बताए । उनले जिल्लामा गर्नुपर्ने भेटघाटको ३०।५० हजारको कार्यक्रम थियो त्यसैबाट आयोजना गरिएको बताए ।

No comments:

Post a Comment