भेदभाव अन्त्य आवश्यक

बझाङ जिल्लाको मालुमेला गाविसमा पर्ने कालिका प्राथमिक विद्यालयमा काम गर्ने रन्जुदेवी सुनारलाई जागिरबाट हटाइएको छ। रन्जु उक्त विद्यालयमा दस वर्षदेखि कार्यरत थिइन्। यस अवधिमा विद्यालयका शिक्षकहरूले समेत उनीसँग भेदभावपूर्ण व्यवहार गरेको र उनले छोएको नखाएको गुनासो रन्जुले गरेकी छन्।उनी बिदा लिएर उपचारका लागि भारत गएका बेला विद्यालय व्यवस्थापन समितिले जागिरबाट हटाउने निर्णय गरेको रहेछ। 
जिल्ला प्रशासन कार्यालयमा जाँदासमेत आफूले न्याय नपाएको दुखेसो रन्जुले गरेकी छन्। उनलाई के कारणले हटाइएको भन्ने अझै स्पष्ट भइसकेको छैन तर उनीप्रति विद्यालयका शिक्षकहरूले गर्दै आएको व्यवहारमा गौर गर्ने हो भने रन्जु दलित भएकैले हटाइएको हुनुपर्छ भन्ने अनुमान सजिलै गर्न सकिन्छ। यद्यपि, जातिका आधारमा भेदभाव गर्नु नेपालमा दण्डनीय अपराध भएकाले विद्यालय व्यवस्थापनले जागिरबाट हटाउनुको अरू नै कारण देखाउन सक्छ। तैपनि, रन्जुदेवीमाथि आइपरेको आपत्ति सिंगो नेपाली समाजकै समस्या हो र समाधान पनि त्यही व्यापकतामा खोज्नु आवश्यक देखिन्छ।  
उनी बिदा लिएर उपचारका लागि भारत गएका बेला विद्यालय व्यवस्थापन समितिले जागिरबाट हटाउने निर्णय गरेको रहेछ। जिल्ला प्रशासन कार्यालयमा जाँदासमेत आफूले न्याय नपाएको दुखेसो रन्जुले गरेकी छन्। उनलाई के कारणले हटाइएको भन्ने अझै स्पष्ट भइसकेको छैन तर उनीप्रति विद्यालयका शिक्षकहरूले गर्दै आएको व्यवहारमा गौर गर्ने हो भने रन्जु दलित भएकैले हटाइएको हुनुपर्छ भन्ने अनुमान सजिलै गर्न सकिन्छ। 
यद्यपि, जातिका आधारमा भेदभाव गर्नु नेपालमा दण्डनीय अपराध भएकाले विद्यालय व्यवस्थापनले जागिरबाट हटाउनुको अरू नै कारण देखाउन सक्छ। तैपनि, रन्जुदेवीमाथि आइपरेको आपत्ति सिंगो नेपाली समाजकै समस्या हो र समाधान पनि त्यही व्यापकतामा खोज्नु आवश्यक देखिन्छ।
source:- Nagarik editorial

4 comments:

  1. दलितहरुका अधिकारका लागि आवाज उठाउने संघसस्था, ब्यक्ति साथै सम्पूर्ण सरोकारवालाहरुको ध्यान जावस । यो सारै नै अत्याचार भयो बास्तवमा यसरी भेदभाव गरिन्छ भने ति शिक्षकहरुलाई कार्वाही गर्नु पर्छ । मान्छेहरुले सोझा सीधा नेपाली जनताहरुलाई ठगेर देश बिदेशमा सम्पत्ती कुम्ल्याउने तर आफनो सामान्य जिवन गुजरा गर्ने फेरी १० बर्ष सम्म काम गरेको ब्यक्तिले अवश्य पनि दुःख आपद बिपद पर्दाको बिदा पाउनु पर्छ ।
    यदी ढीलो भएको हो भने पनि होईन भने कुनै पनि आधारमा कसैको खाने खाने,बस्ने सामान्य जीवन यापन गर्ने अधिकार खोस्न पाईदैन ।
    नेपालमा टाठा बाठा भनाउदाहरुले नातावाद र कृपाबाद बाट सरकारी जागिर खाएर ५ बर्ष जति काम गरेर फेरी बिदेश गएर पैशा कमाएर आएर फेरी सरकारी काम गरेका हुन्छन तर यी बिचरी एउटी महिला लाई जसरी आफनो परिश्रमबाट जीवन गुजरा चलाई रहेकी छिन । भने उनलाई हटाउने स्कुल ब्यवस्थापन समितिको छानविन गरी कार्वाही गर्नु आवश्यक छ यसको कडा भन्दा कडा रुपमा लागु हुनु पर्दछ ।

    ReplyDelete
  2. तारा जी ठिक भनु भयो धेरै टाठा बाठा भनाउदाहरुले नातावाद र कृपाबाद बाट जागिर जोड्ने छोड्ने फेरी जोड्ने गरि रहेका छन् भने समाजका उत्पीडित , दलित , निमुखा भने इमान्दारिताका साथ भूमिका निभौदा पनि प्रताडित भइ रहेका छन् जसको पछिलो उदाहरण यहिँ घटना लाई हेर्न सकिन्छ । यस्तो विकृति छ भन्ने कुरा सार्बजनिक भएको थाहा पाएपछि दलितहरुका अधिकारका लागि आवाज उठाउने संघसस्था, ब्यक्ति साथै सम्पूर्ण सरोकारवालाहरु ले आँखामा पट्टी बाँधेर न्बस्लान भन्न पनि सकिन किनकि अपबाद छोडेर धेरै यस्ता समश्यहरुमा सरोकारवालाहरु निदाएका छन् । दलित समुदाय प्रति मुलुकमा दिनहु घट्ने यस्ता समस्या सम्बन्धित निकाएको ध्यान जानु जरुरि छ र सम्बन्धित निकायलाई धयान दिन आग्रह गर्दछु ।

    ReplyDelete
  3. धन्यवाद गोपाल जी तपाईले यस्ता समाचारहरु प्रचार पसार गरिदिनु भएकोमा तपाईलाई ।

    ReplyDelete
  4. धन्यवाद तारा जी हजुरको सुझाब, सल्लाह, प्रतिक्रिया बलगको लागि (मेरो लागि) सधै स्वागत योग्य रहने छ ।

    ReplyDelete