पाइप बम विस्फोटमा घाइते भएका आरन सञ्चालक चदराको मृत्यु

जाजरकोट, १० फागुन : जाजरकोटको दसेरा ३ मा द्वन्द्वकालको बम पड्किँदा घाइते भएको मध्ये एक जनाको ज्यान गएको छ । 
जंगलमा रहेको फालमलाई बम भन्ने थाहा नहुँदा घरको आरनमा ल्याएर पगाल्ने क्रममा पड्किँदा ६ जना घाइते भएका थिए । गम्भीर घाइते आरन सञ्चालक ५२ वर्षिय कमारो चदराको उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा शनिबार विहान ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
अन्य घाइते जोखे थापा, भक्तबहादुर नेपाली, नरसिंह थापा, मनबहादुर थापा र नैनबहादुर नेपालीको अहिले पनि उपचार भइरहेको छ ।

No comments:

Post a Comment