८० वर्षीय टेकवहादुर नेपालीको गोठमा वसेर गुजारा

दमौली- तनहुँ, वन्दिपुर १ का ८० वर्षीय टेकवहादुर नेपालीलाई छोराहरुसँग वस्ने रहर नभएको होईन । तर श्रीमतीको मृत्युपछि छोरा वुहारीले हेला गरेकोले उनी एक्लै छिमेकी गाउँको गोठमा वसेर गुजारा चलाउँदै आएका छन् ।
छिमेकी गाउँमा जिर्ण अवस्थामा रहेको एक घरमा करिव २० वर्ष अघिदेखि वस्दै आएका नेपाली गत असारमा वर्षे पानीले घर भत्किएपछि गाईको गोठमा वस्दै आएका छन् ।
ुछोरा वुहारीले नै हेला गरेपछि घरमा कसरी वस्ने नेपालीले तीन छोराहरु भएपनि कसैले वास्ता नगर्दा एक्लै वस्नु पर्ने वाध्यता भएकोले घर छाडेर हिडेको वताउँदै भने छोरावुहारीले वचन लगाएको सहन नसकिने रहेछ । त्यसैले मागेरै गुजारा चलाउछु भनेर घर छाडी हिडें ।देव्रे आँखाले मात्रै देख्न सक्ने नेपालीले वन्दिपुर १ लुयेलीमा घर भएपनि एक्लै वस्दा निकै सास्ती खेप्दै आएको वताए । गोठमा सुत्नु पर्दा पानी परे निर्छुप्पै रुझिन्छ ।नेपालीले हावा र हुरी चल्दा मरिन्छ की झै लाग्ने गरेको वताउँदै भने के गर्ने विरामी पर्दा समेत ख्याल गर्ने कोही नहुँदा रहेछन् ।दुख विरामी पर्दा गोठ वरपरका छिमेकीले खाना दिने गरेको नेपालीले वताए । उनले भने खाने कुरा नहुँदा १÷२ दिनसम्म भोकै समेत वसेको छु ।
उनले गोठमा अन्नपात नहुँदा प्राय एक छाकमात्रै खाना खाने गरेको जानकारी दिए । उनले आँफुसँग पकाउने ताप्के डेक्चि पन्यु थाल र अंखरामात्रै रहेको वताए ।यो वाटो भएर हिड्ने मानिसहरुले समेत पैसा दिने गर्छन् । उनले करिव १६ वर्ष अघि श्रीमतीको मृत्यु भएपछि आँफुलाई छोराहरुले पूर्णरुपमा नै वेवास्त गर्ने गरेको वताउँदै भने श्रीमतीको मृत्युपछि घरमा छोरावुहारीले देख्नै सकेनन् ।
नेपालीकी छिमेकी तिलमाया श्रेष्ठले नेपाली विरामी पर्दा आँफुहरुले खाना दिने गरेको वताईन् ।घरमा जानुस् भन्दा मान्नुहुन्न ।उनले भनिन् घरमा छोरावुहारीले हेर्दैनन् किन जाने भन्नुहुन्छ । उनले नेपाली हिड्न नसकेर घिसि्रदै ठाउँ सर्नु पर्ने वाध्यता रहेको वताईन् ।उनले ठुलो छोरा धनवहादुर माईलो कृष्णवहादुर र कान्छो रामवहादुर र एक छोरी भएपनि छोराहरुवाट हेला भएको वताए । उनले भने विवाह गरेर गएकी छोरीले भने माया गरेर वेला वेला भेट्न आउने गर्छिन् । उनले दशैंमा घर आएका छोराहरुले अर्काको घरमा वस्दै आएको आफ्नो हातको टिका लगाउन भने आउने गरेको वताए । टिका लगाउन यहाँ आउदा समेत छोराहरुले घर जाऔं भन्दैनन् ।
स्रोत :- २०६८ साल साउन ७ गतेको तनहु खबरमा प्रकाशित समाचार हो यो{सम्पादक}

No comments:

Post a Comment