घाइते सुमारीदेवी सदाय |
कुटाइबाट सुमारीदेवी सदाय, जहरी सदाय, सोमनी सदाय, शान्ति सदाय, सोना सदाय, पञ्चीदेवी सदायलगायत घाइते भएका छन्। घाइतेहरू स्थानीय क्लिनिकमा उपचारपछि घर फर्केको घाइते सोना सदायले बताए।घुर्मीखोलाको डिलमा ३५ घर मुसहरको बस्ती छ। गाउँमा ज्यालामजदुरी गर्न पुरु षहरू बाहिर गएको बेला तामाङ टोलका बासिन्दाले मुसहर बस्तीमा गई कुटपिट गरी महिलालाई घाइते बनाएका हुन्। पानीकै निहुँमा आफूहरूलाई पटकपटक कुटपिट गरिएको श्याम सदायले बताए। उनले भने, 'हिजो पनि हामी पुरु ष काममा गएको मौका छोपेर घरमा रहेका महिलामाथि कुटपिट गरे। यो कहाँको न्याय हो?'
सिराहाको राजमार्गदेखि उत्तरतर्फको गाविसमा भूमिगत जलस्रोत भासिएर इनारहरू सुकेपछि खानेपानीको हाहाकार भएको छ। वरपरको इनारमा पानी सुकेपछि धोबियाधार मुसहरी टोलमा रहेको इनारमा चन्द्रउदयपुर ६ का तामाङ समुदायका बासिन्दा पानी भर्न जान थालेका छन्। उक्त इनार पहिलेदेखि मुसहर समुदायले प्रयोग गरिरहेका थिए। अहिले तामाङ समुदायले कब्जा गर्न लागेको आरोप मुसहरहरूले लगाएका छन।
मुसहर समुदायका अगुवा सिजेन्द्र सदाले भने, 'एमाओवादीका नेता पुष्पकमल दाहालले चुनाउ जितेको यस क्षेत्रमा दलितहरूले न्याय पाउँछन् कि पाउँदैनन्, हेर्न बाँकी छ।'स्रोत : अन्नपुर्ण पोस्ट
No comments:
Post a Comment