गणितमा विश्व उत्कृष्ट विवेक रामदाम के भन्छन ?

काठमाडौ, फाल्गुन ५ -
तपाईंले 'ए’ लेभल पढ्नुको कारण के हो ?

नेपालमा पढ्ने क्रममा विभिन्न अन्तर्राष्ट्रियस्तरका अवसर र मौकाहरू त्यति पाएका हुँदैन । 'ए' लेभलको कोर्स भनेको इन्टरनेसनल लेभलको भएकाले त्यहीखालको मौका र अवसर पाइने भएकाले 'ए' लेभलको कोर्स सुरु गरेको हुँ ।

यो कोर्स सुरु गर्दा चिनजानको मान्छेहरूबाट कस्तो प्रतिक्रिया आयो ?

सुरुमा त म नर्भस भएँ । अरूले पनि 'ए' लेभलको कोर्स नबुझ्ने के हो ? कस्तो हो भनेर डराउँथे । कलेजले गरेको 'ए' लेभलको ओरेन्टेसन क्लासमा बसेपछि केही आत्मविश्वास बढ्यो ।

'ए’ लेभलको कोर्स कस्तो रहेछ ?

विद्यालयस्तरमा जुनसुकै कुरा पनि पढ्नुपर्ने हुन्थ्यो । तर 'ए' लेभलको कोर्समा बढेर मात्रै पुग्दैन । बुझ्नुपर्छ र त्यहीखालको समस्यालाई आफ्नै ढंगले समाधान गर्न सिक्नुपर्छ ।

एउटा विषयमा विश्वमै उत्कृष्ट हुनुभयो, कसरी पढ्नुहुन्थ्यो ?

म कक्षाकोठामा ध्यान दिएर पढ्थें । नजानेको कुरा शिक्षक र साथीसँग सोध्थें । कक्षामा पढेको कुरा घरमा गएर दोर्‍याउँथें । कहिले पनि मैले करकापले पढिनँ । मन लागेपछि मात्रै पढ्थें । यसले गर्दा बुझ्न सजिलो हुन्थ्यो । सबैमा मिहिनेत गरेको थिएँ तर, गणितमा मात्रै राम्रो आएको छ ।

आगामी योजना के छ ?

अब म 'ए' लेभल पूरा गर्न लाग्छु । त्यसपछि मात्रै आगामी योजना बन्नेछ । अहिले गणितमा पाएको सफलताले म उत्साही छु । त्यहीअनुसार नै मिहिनेत गदर्ैै जानेछु । म सफल हुनुमा मेरो विद्यालय, शिक्षकहरूका साथै परिवारका सदस्यहरूको पनि भूमिका छ । घरमा निरन्तर सहयोग गर्नुभयो । कलेजमा कोर्डिनेटरका साथै सबैजनाले हरबखत पढाइलाई साथ दिनुभयो । मैले पनि मिहिनेत गरे । सबैको प्रतिफल नै सफलता हो ।

अन्त्यमा, ँए’ लेभलको कोर्सबारे के भन्न चाहनुहुन्छ ?

नेपालका अन्यको तुलनामा यो कोर्सको केही फाइदा छन् । अरू कोर्स गर्नेहरूले विश्वका विभिन्न प्रसिद्ध विश्वविद्यालयमा प्रवेश गर्न सजिलो हुन्छ । अरू कोर्स गर्नेहरूले विश्वविद्यालयमा पुगेर फेरि मिहिनेत गर्नुपर्छ र आफूलाई अपडेट गर्नुपर्छ । तर, अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त हुने भएकाले 'ए' लेभलको कोर्स गर्नेलाई अरूको जस्तो कठिनाइ हँुदैन ।
साभार:- कान्तिपुर 

No comments:

Post a Comment