सोलुखुम्बुको दलित छात्राबासमा असुबिधा

टिकाराम बिश्वकर्मा
सोलुखुम्बु, ९ फागुन ।
सोलुखुम्बुको सल्लेरी सदरमुकाममा वि.सं. २०६६ सालबाट सञ्चालनमा आएको दलित छात्रावासका विद्यार्थीहरुले विभिन्न असुविधाहरुको सामना गर्नुपरेको गुनासो गरेका छन् । छात्राबासमा खानेपानी, बिजुली जस्ता आधारभुत समस्याहरु रहेको त्यहाँ बसेर अध्ययन गर्ने विद्यार्थीले बताएका छन् ।
छात्राबासको भवन समेत बिग्रीने अवस्था भएपछि छात्राबासमा बसेर पढि रहेका केही बिद्यार्थीहरु अहिले  बाहिर नै कोठा लिएर बस्न बाध्य छन । पटक पटक  दलित बिधार्थीहरुले सम्बन्धित निकायलाई  जानकारी गराई सुबिधाको माग गरेपनि  ब्यबस्थापन पक्षले ध्यान नदिएको बिधार्थी रुपन सार्की बताउनुहुन्छ ।
जिल्लाको बिभिन्न गा.वि.स.बाट उच्च शिक्षा अध्ययन गर्न सदरमुकाम आएर बस्ने दलित बिद्यार्थीलाई लक्षित गरि छात्राबास निर्माण गरिएको हो । हिमाली उत्पीडित समुदाय उत्थान मञ्च सोलुको मातहतमा सञ्चालित सो छात्राबासमा अहिले १८ जना विद्यार्थीहरु बस्दै आएका छन ।
चार रोपनी जग्गामा निर्माण भएको सो छात्रावास भवनमा १५ वटा कोठा, ३ वटा शौचालय, ३ वटा भान्सा कोठा रहेका छन् । २०५८ सालमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री बलबहादुर केसीले सो जग्गा खरिद गरि दलित संघलाई प्रदान गर्नुभएको थियोे ।साभार :- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment