स्याङ्जाको तिन्दोवाटेको दलितवस्तीमा आगलागी

प्रदिप कोइराला- स्याङ्जा।स्याङ्जाको तिन्दोवाटे गाविस वाड नं ५ कुसुण्डे स्थित दलित वस्तीमा आइतबार दिउसो २ बजे भएको आगलागीमा एकै परिवारका ४ घर तथा गोठ जलेर नष्ट भएको छ । स्थानिय यामबहादुर एसकेको घरबाट सल्केको आगो बस्तीभरि फैलिएको थियो । आगलागीवाट याम बहादुर सहितका लिलबहादुर एस के, जयराम एसके र रेशम एसकेका ४ घर र गोठ जलेर नष्ट भएको थियो ।

आगलागीबाट २ लाख ८० हजार नगद सहित अन्नपात, लत्ताकपडा, र सुन गरी करिव २० लाखको क्षतीको अनुमान गरिएको छ । आगलागीवाट मानविय क्षती भने भएको छैन । आगलागी भएको थाहा पाए लगत्तै वालिङवाट पुगेको नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो।आगलागी विद्युत सट भएर लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । भने, वस्तीमा मानिसहरु नभएका कारण ठूलो क्षती हुन पुगेको प्रहरीको भनाइ रहेको छ । - साभार : हाम्रा कुरा

No comments:

Post a Comment