महोत्तरीको मुसहर बस्तीमा खानेपानीको हाहाकार

महोत्तरी,फागुन ३–महोत्तरी जिल्लाको उत्तरवर्ती बर्दिवास गाविसस्थित मुसहर (दलित) बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ ।ढुङ्गे र चट्टानयुक्त कडा भौगोलिक बनोट रहेको बर्दिवास वडा नं ६ मा अवस्थित सो बस्तीमा ह्यान्ड पाइप, इनार र कुवा निर्माण गर्न नसकिने अवस्था रहेकाले पानीको समस्या भएको स्थानीयले बताएका छन् ।
 करिब ५० घरधुरी बसोवास रहेको मुसहर बस्तीमा पानीको कुनै जोहो हुन नसक्दा पानीका लागि ती समुदायका दर्जनाँै महिला पुरुष घन्टौँ लाइन बसेर बस्तीभन्दा तीन÷चार किलोमिटर टाढा रहेको सार्वजनिक धाराबाट पानी ल्याउन बाध्य रहेको स्थानीय जिवछी सताले दुखेसो गरिन् । 
पानीकै अभावमा एक गैरसरकारी संस्थाले सो बस्तीमा बनाई दिएका दसवटा शौचालय पनि प्रयोगविहीन बनेको स्थानीय लक्ष्मी सदाले जानकारी दिइन् । सो बस्तीमा पानीको अभाव भएपछि पिउने पानीका साथै नुहाउन, गाईबस्तुलाई पानी पियाउने र लुगाफाटा धुनेजस्ता काममा निकै समस्या भोग्नुपरेको स्थानीय रामजी सदाले बताउँछन् ।

No comments:

Post a Comment