दलित मन्त्री नबनाइएको विरुद्धमा सर्वोच्चमा रिट हाल्न सकिने

महावीर विश्वकर्मा,काठमाण्डौ, १४ फागुन ।नेपाली काँग्रेसका नेता एवम् संविधान सभाका सदस्य मिन विश्वकर्माले अहिलेको मन्त्री मण्डलमा १ जना पनि दलित सहभागी नगराइएको विरुद्धमा सर्वोच्चमा रिट दायर गर्न सकिने बताउनुभएको छ । स्थानीय अग्रसरताका लागि क्यानडा कोषको सहयोगमा जागरण मिडिया सेन्टरले आज आयोजना गरेको ‘संविधान सभामा दलितका मुद्दा’ विषयका अन्तरक्रियामा विचार राख्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अन्तरिम संविधानको धारा २१ मा “राज्यको प्रत्येक संरचनामा दलित, महिला, आदिवासी—जनजाती, मधेशी समुदायको समानुपातिक समानुपातिक सहभागिता हुनेछ” भन्ने उल्लेख भएको बताउँदै उहाँले भन्नुभयो, “२१ जनाको आजको मन्त्री मण्डलमा १ जना पनि दलित नपुग्नुलाई राज्यको प्रत्येक संरचनामा सहभागीता भएको मानिँदैन । नेपालको एक संवैधानिक निकाय (सरकार)ले गरेको असंवैधानिक काम अब सर्वोच्च अदालतले व्याख्या गर्नुपर्छ ।” साथै सर्वोच्च अदालतमा रिट दायर ग¥यो भने अदालत व्याख्या गर्न वाध्य हुने भन्दै उहाँले सम्पूर्ण कानुन व्यवसायी र नागरिक समाजका सचेत नेतृत्वसँग रिट दायर गर्नका लागि अनुरोध समेत गर्नुभयो ।
“अदालतले कि त नेपाल सरकारको मन्त्री परिषदलाई राज्यको अङ्ग मान्न नसकिने भएको हुनाले रिट खारेज गरिएको छ भन्नुपर्यो”, उहाँले थप्नुभयो, “होईन भने सर्वोच्चले सरकारका नाममा निर्देशन जारी गर्छ ।” आफु सभासद भएको र सभासदले रिट दायर गर्न मिल्छ की मिल्दैन भन्ने विषयमा आफुलाई जानकारी नभएको पनि उहाँले बताउनुभयो ।
संविधान सभामा दलितका मुद्दा बलियोसँग उठाउनका लागि महिला सभासद, आदिवासी—जनजाती सभासद, मधेशी सभासदसँग सहकार्य गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रमका अर्का अतिथि एनेकपा माओवादीतर्फका सभासद अनिताकुमारी परियारले दलित समुदायप्रति दलका शीर्ष नेताहरुको बुझाई नै सकारात्मक नभएको आरोप लगाउनुभयो । जबसम्म ती नेताहरुको दृष्टिकोणमा परिवर्तन आउँदैन तबसम्म दलितका लागि अहिले मन्त्री मण्डल निर्माण गर्ने क्रममा गरिएको जस्तै व्यवहार सँधै भइरहने उहाँले बताउनुभयो ।
दलितलाई स्वीकार नगर्ने सँस्कृतिले गर्दा नै अझैपनि उच्च निकायमा स्थान नदिने गरेको भन्दै उहाँले भन्नुभयो – “के दलित नेताहरु असक्षम भएर मन्त्री नबन्नुभएको हो त ? मलाई त्यस्तो लाग्दैन । यसो हुनुको कारण जातीय विभेद नै हो ।”
संविधान सभामा दलितका मुद्दालाई बलियोसँग उठाउनका लागि विभिन्न दलका ४१ जना दलित सभासद एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । दलित मैत्री संविधान निर्माणका लागि दलित नागरिक समाज, दलित भातृ संगठन र दलित सभासद सबै मिलेर दबाबमुलक अभियान अघि बढाउनुपर्ने उहाँको विचार थियो ।स्रोत :- जागरण मिडिया सेन्टर

1 comment:

  1. हे दलित बुद्धीजिवी, पक्रकार,कानुन विध,नेता कार्यकर्ता तथा सहयोगीहरु तथा आम दलितको सवालमा चासो राख्नेहरु
    १) दलित भनाउदाहरु ठाँउ ठाँउमा कुटिएको छन्, लुटीएका छन, ठगिएका छन किन? मात्र एउटा मानवले एउटा नागरिकले उपभोग गर्न पाउने अधिकार बाट किन बञ्चित हुनु परेको छ ? किन हेपित हुनु परेको छ? के तिमिले कसैको अधिकार त खोसेका छैनौ ? कसैको गाँस खोसेको त छैनौ, कसैको बस्ती उठाउन खोजेका छौ ? अवश्य छैनौ भने किन यसरी अन्याय भएको छ । हो यो अशिक्षित र परम्परावादी ले यस्तो भेदभाव भएको थियो यसलाई अन्त्य गर्न लागि परिरहेका छौ भनेर चित्त बुझाएका थियौ तर अब थाहा भयो कि यसरी माथिल्लो तहमा उच्च ओहोदामा दलितहरुलाई जान नदिने दलित हरुलाई बिरालो बनाएर आफु बाघ बन्ने षड्यन्त्र भईरहेको छ । सम्पूर्ण निकायमा सहभागीता गराउने भनेर अहिले एकजना पनि दलित बाट मन्त्री नहुनुको कारण के हो ? यो अत्यन्तै लजास्पद कुरो हो ।
    २)दलितहरु अब किन बाघ बन्दैनौ देखेनौ अब बिरालो बनेर सुरीसुरी भन्दा पछीपछी लाग्दा के हुन्छ भनेर बाघ हौ तिमि बाघ बन्न सक्छौ तर के तिमिमा आट र साहास छैन ? के तिमिमा नेतृत्व गर्ने सक्ने ब्यक्ति छैन कति अरुको खोलमा बाघ बनेर साध्य हुन्छ आफनो बास्तविकता देखाउ, कि बाघको शक्ति देखाउ किन भने कसैले नेतृत्व गर्यो भने तिमिले ज्यान दिन तयार भयौ दियौ पनि १० बर्ष जनयुद्धमा माओवादीलाई साथ दिएर त्यो चर्चामा पुर्याउन दलित हरुले कति सहयोग गरे, हतियार, बम, गोला बारुद बनाएर लालसेनाहरुलाई लड्न सहयोग गरेनौकी, लाल सेनाहरुका कपडा, बुट, झोला सिलाएर चुस्ट दुरुस्त, बनाएनौ कि लाल सेनाहरुलाई लडाईमा मनोवल उच्च गराउन गाजा बाजा बजाएनौ कि, आप्mनो ज्यान अर्पण गरेनौ कि ।
    ३)जनआन्दोलनमा आफनो ज्यान गुमाएनौकी, संविधान सभाको चुनावमा भोट दिएनौ कि दलितको बहुमतले विभिन्न पार्टीलाई जिताएनौ कि ? सबै गर्दा गर्दै पनि किन यसरी हेपिनु परेको छ ? तिमि सँग यस्तो क्षमता हुँदा हुदै पनि किन बाघ बनेर आफनो नेतृत्व गर्न सक्दैनौ अब बिरालो बनेर काम छैन सयौ बर्ष देखी यो अभ्यास तिम्रा पुस्ताले गरीसके अव पक्रिया परिर्वतन गर आप्mनै नेतृत्वमा यी सबै तिमिमा भएका ज्ञान, बल, कौशलताको प्रयोग गर तब मात्र एउटा निर्णयमा पुग्ने छौ होईन भने सुरीसुरी मै तिमिलाई घुमाउने छन र यो कुनै हालतमा अन्त्य हुने छैन । यो माथिको समाचार मा रिट हाल्न सकिने होईन हाल्नु पर्यो ।

    ReplyDelete