दलित सेवा संघ बर्दियाले बाल विकासका लागी शिक्षा कार्याक्रम सञ्चालन गदैं

बर्दियामा बिगतका बर्षहरुमा दलित सेवा संघबर्दियाले बाल विकासका लागी शिक्षा कार्याक्रम केही गाविसमा सञ्चालन गदैं आईरहेको अवस्था यस बर्ष पनि सेभ द चिल्डेनको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय बर्दियाको समन्वयनमा जिल्लाका ६ गाविसमा बालबालिकाहरुको बौद्घिक विकासको निम्ति डबाल विकासका लागी शिक्षा कार्याक्रम सञ्चालन गरेको छ ।
गोला, पाताभार, मनाउ, पदनाह, वानियाभार र धधवार गाविस गरि ६ गाविसमा वाल विकासका लागी शिक्षा कार्याक्रम सञ्चालन गरिएको सेवा संघवर्दियाले जनाएको छ । वालवालिकाको शिक्षाको विकासमा तिव्र परिवर्तन वाट नै देशको विकास हुने हुदा शिक्षामा पहुंच र गुणस्तरिया हुन जरुरी छ । यसै सन्दर्भमा रहेर दलित सेवा संघले विगत देखी बालबालिकाको क्षेत्रमा पहुच र गुणस्तरियता सम्बन्धी कार्यक्रम यसवर्ष पनि सञ्चालन गर्ने भएको छ । स्थानिय क्षेत्रमा सरोकारवालाहरु समक्ष कार्यक्रमको प्रभावकारीता र समन्वय विस्तारका लागी यो बेलाबेलामा विभिन्न कार्यक्रम सञ्चालन गदैं आईरहेका छ ।
बाल विकास लागी शिक्षा कार्यक्रम सञ्चालनका लागी यस वर्ष भर्ना अभियानका लागी गाविस स्तरिय वालविकास केन्द्र नेटवर्क संग समन्य बैठक, बाल विकास केन्द्र अध्ययनरत बालबालिकाहरुको व्यक्ति फाईल व्यवस्थापन, बालबिकास केन्द्रलाई सिकाई सामग्री सहयोग , शिक्षा सरोकारवालासंगको समन्वयमा दुईवटा नमुना बाल विकास केन्द्र सुधार सहयोग र बाल विकास केन्दको बसाई व्यस्थापन सहयोग लगायत ३४ शिर्षकमा ४७ लाख वजेट विनियोजन गरिएको कार्यक्रम अधिकृत तारा वहादुर सुनारले जानकारी दिनुभयो ।
बालबालिकाको पहुच र गुणस्तरियताका लागी विषेश गरि बालविकास केन्द्र सुढिकरण आधारभुत शिक्षा र स्वास्थ्य तथा पोषण सम्बन्धि क्रियाकलापहरु संञ्चालन गरिने कार्यक्रम अधिकृत सुनारले बताउनु भयो । सोही ६ गाविसमा रहेको ५३ विद्यालयमा, ११८ बाल विकास केन्द्रमा, ३५ कोटा बाल समुहमा र २२ युवा समुहमा बाल विकासका लागी शिक्षा कार्याक्रम सञ्चालन हुने संस्थाले जनाइको छ । कार्यक्रम डिम्बर महिनासम्म चल्ने छ ।
(स्रोतः सन्दिपकुमार बैश्य -कमाण्डर पोष्ट दैनिक)

No comments:

Post a Comment