तुलसी घिमिरेलाई भारतीय जनता पार्टीले सांसद बनाउन अफर


काठमाडौं। प्रसिद्ध निर्देशक तुलसी घिमिरेलाई भारतीय जनता पार्टीले सांसद बनाउन अफर गरेको छ। दार्जिलिङ घर भई नेपाली चलचित्र निर्देशन गर्दै आएका घिमिरेलाई बीजेपीले दार्जिलिङबाट सांसद बनाइदिने प्रतिबद्धता जनाएको हो। 
भारतीय सञ्चारमाध्यमका अनुसार दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलनको समाप्तिसँगै विभिन्न क्षेत्रमा लोकप्रिय आधा दर्जन व्यक्तिलाई बीजेपीले सांसद बनाउने तयारी गरेको छ। जसमध्ये निर्देशक घिमिरेलाई सांसद बनाउने र विभिन्न क्षेत्रबाट निर्वाचित भइ आएकामध्ये एक नेपालीमूलका भारतीयलाई केन्द्रीय मन्त्रीसमेत बनाउने प्रतिबद्धता जनाएको बुझिएको छ। 
यसअघि दार्जिलिङबाट बीजेपीका जशवन्त सिंहले निर्वाचन जितेका थिए। भारतमा यसै वर्ष लोकसभाको निर्वाचन हुने भएकाले दार्जिलिङबाट निर्देशक घिमिरेलाई बीजेपीले सांसदको उम्मेदवार बनाउने तयारी गरेको हो। भारतीय सञ्चारमाध्यमले आगामी आमनिर्वाचनमा बीजेपी ठूलो शक्ति बन्न सक्ने भविष्यवाणी गरेका छन्। दार्जिलिङमा कंग्रेस आईको तुलनामा बीजेपीको बलियो पकड रहेको छ।

No comments:

Post a Comment