युएईमा ज्यान गुमाएका सुनारका परिवारलाई आर्थिक सहयोग

निमुसंगम घर्ती
निमुसंगम घर्ती
निमुसंगम घर्ती, ४ फागुन, दाङ । युएईमा ज्यान गुमाएका दाङका रेखवहादुर सुनारका पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ । दाङ राजपुर-९ बनकट्टीका सुनारका परिवारलाई सहयोग उत्थान मञ्च युएईले आइतवार चार लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।
रोजगारीको शिलशिलामा सुनारको निधन भएपछि मञ्चले आइतवार घोराहीमा पत्रकार सम्मेलन गरी परिवारलाई नगद ४ लाख ७ हजार ४ सय ७१ रुपैंया प्रदान गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्थले मृतक रेखबहादुरका श्रीमती दिलसरा सुनार र छोराहरु अर्जुन सुनार, राजन सुनार र सुर्य सुनारलाई चेक प्रदान गरेका हुन् ।
उक्त रकम एकता बिकास बैङकको खातामा जम्मा गरी दिने र सोही रकमको व्याज मार्फत छोरा, छोरीलाई पढाउन सहज हुने समितीका संयोजक दुर्गा सुनारले बताए । सुनारको गएको मंसिर ३० गते काम गर्ने शिलशिलामा हृदयघातबाट निधन भएको थियो ।
स्रोत:- अँनलाइन खबर /तस्बिर स्रोत :- बाबुराम विश्वकर्माको फेसबुक बाट

No comments:

Post a Comment