गोरु मरेको एक महिनापछि हलिया बस्तीमा मुचुल्का

करन ताम्राकार, डडेल्धुरा,८ फागुन ।
दार्चुलाको उकु गाविस वडानम्बर–३ भोल्यानीमा रहेको मुक्त हलिया बस्तीमा गाई-गोरु मरेको एक महिनापछि आज मात्र प्रहरीले क्षतिको मुचुल्का उठाएको छ । गएको पुस अन्तिम साता अत्याधिक चिसोका कारण भोल्यानीको मुक्त हलिया बस्तीमा पाँच परिवारका १० पशुचौपाया मरेका थिए ।
घरको नाममा खरले छाएको सानो छाप्रो मूनि बस्दै आएका टेन्टको छानो मूनि गोठ बनाई मुक्त हलिया परिवारले पालेका पशुचौपाया अत्याधिक चिसोका कारण मरेका जिल्ला मुक्त हलिया समाजका अध्यक्ष दानीराम तिरुवाले बताउनुभयो । मुक्त हलिया समाजका अध्यक्ष दानीराम तिरुवाले गाईरगोरु मरेका पटक–पटक सम्बन्धित निकायमा जानकारी गउँदासमेत आज मात्र प्रहरीले मुचुल्का उठाएको बताउनुभयो ।

साभार :-  जागरण मिडीया सेन्टर

No comments:

Post a Comment