समाज परिर्वतनको लागि यस्तै युवायुवतीको आवश्यकता छ

महेन्द्र केसी÷पर्वत(धाइरिङ), २०७२ असार ३ -विभेद विरुद्ध अभियान । जातिय विभेदका कारण समाज अधोगति तर्फ उन्मुख भएको र जातिय विभेदका कारण नै समाजमा अप्रिय घटनाहरु हुदै आएको छन् । अझै पनि कतिपय ठाउँमा छुवाछुतको नियो ढल्न सकेको छैन जसका कारण बेलाबखतमा छुवाछुतका घटनाहरु मिडिया मार्फत बाहिर आउने गर्दछन् ।
पर्वतमा पनि छुवाछुत विरुद्धका घटनाहरु बाहिर नआएका भने हैनन् केहि समय अगाडी कुश्मा नगरपालिकामा पर्ने पाङ गाविसमा दलित दलित विचमा छुवाछुतको आरोप र प्रत्यारोपले मुडभेडको दिशमा लियो । जसले दलित दलित विचमा पनि विभेद भएको पुष्टि ग¥यो । दलित दलित विचको विभेदले अदालती बाटो डो¥यायो जसले अझै पनि समाजमा विभेदका अन्त्य भएका छैन भन्ने प्रष्ट पारेको थियो तर धाइरिङकका एक जोडिले भने जातिय विभेद समाजबाट विस्तारै हराउँदै गएको प्रमाणित गरेका छन् ।
पर्वतका एक जोडीले अन्तरजातिय प्रेम विवाह गरेका छन् । सात बर्ष पहिले देखि प्रेम बन्धनमा बाँधिएका पर्वत धाईरिङ ९ बर्ष २२ का विशाल दर्जी र धाइरिङ ७ हाल रत्ननगरपालिका ५ चितवन बस्दै आएकी बर्ष २१ की गीता जैसी विच जेठ ३१ गते अन्तरजातिय प्रेम विवाह भएको हो ।
कक्षा ९ मासँगै पढेका दर्जी र जैसीले आफ्नो प्रेम सम्बन्धलाई सात बर्षपछि बैवाहिक सम्बन्धमा रुपान्तरण गरेका हुन । विशाल दर्जी अखिल नेपाल राष्ट्रिय वुद्धिजीवी संगठनका केन्द्रिय सदस्य तथा एमाओवादीका जिल्ला सदस्य साथै मानबअधिकारकर्मी दुर्गाबहादुर दर्जीका कान्छा छोरा हुन भने गीता जैसी एमाओवादी जिल्ला पाटी सहसचिव दिपक आचार्यकी बहिनी हुन ।
एमाओवादी जिल्ला पाटी सहसचिव आचार्यले आफ्नी बहिने परिर्वतकारीले अङगाल्ने बाटो अपनाएको बताएका छन् । उनले भने समाज परिर्वतनको लागि यस्तै युवायुवतीको आवश्यकता छ । जबसम्म समाजमा जातीय विभेदको अन्त्य हुदैन तब सम्म समाजको विकास हुन नसक्ने भन्दै आचार्यले आफ्नी बहिनीले गरेको विवाह प्रति खुलेर प्रशंसा गरे ।

केटाका बाबु दुर्गा बहादुर दर्जीले लामो समय जातिय छुवाछुत विरुद्ध चलाउदै आएको अभियानले केहि हदसम्म सार्थकता पाएको बताएका छन् । आफृुले लामो समयसम्म नेपाली दलित आन्दोलनमा खेलेको भुमिकाको उपलब्धीका रुपमा लिएका छन् । मानवअधिकारबादी संघसंस्थाहरुले यस विवाहलाई खुलेर प्रशंसा गर्दै समाज परिर्वतनको संज्ञा दिएका छन् । विशाल दर्जी अहिले नेपाल प्रहरीमा कार्यरत छन् भने गीता जैसी उच्चमाविमा अध्यनरत छिन् ।
अन्तरजातिय विवाह गरेकै कारण कतिपय ठाउँमा परिवार समाजबाट बहिष्कार हुनुपर्ने बाध्यता पनि नभएका हैन । पछिल्लो समयमा जातजाती विरुद्ध हुने हिंसाको अन्त्य गर्नका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु पनि लागि परेका छन् तर अझै पनि जातिय छुवाछुतका घटनाहरु भने रोकिन सकेका छैनन् । समाजलाई परिर्वतन गर्नको लागि जातिय छुवाछुत जस्ता कलङक लाई अन्त्य गर्न आवश्यक छ । समाजलाई रुपान्तरतर्फ लैजानको लागि दर्जी र जैसी परिर्वतनका बाहक बनेका छन् । उनीहरुले देखाएको समाज परिर्वतनको बाटालाई सवैले आत्मासाथ गरी समाजलाई छुवाछुत मुक्त बनाउनको लागि हातेमालो गर्नु आवश्यक छ । जब सम्म समाजमा मानवले मानवलाई हेर्ने दृष्किोणमा परिर्वतन आउँदैन तब सम्म समाजमा दिगो विकास हुन सक्र्दैन । अन्तरजातिय विवाह गर्नेलाई सरकारले प्रोत्सान गरेता पनि संरक्षण भने अझै गर्न सकेको छैन यस तर्फ पनि सरोकारवाला निकायको विशेष ध्यान जानु आवश्यक छ ।
स्रोत- इबाग्लुङ

No comments:

Post a Comment