दर्जनौ सामाजिक संघसंसथाहरु हुदा नि डोम बस्ती उस्तै

कलैया,जेठ २३ विभेद बिरुद्ध अभियान ।मुलुकमा प्रजातन्त्रसंगै गणतन्त्र आएको बर्षौ भईसकेको भए पनि कलैया नगरपाकिाको सबै भन्दा पुरानो बस्ती वडा न ९ बरेवा टोलको डोम, मली बस्तीमा अहिले सम्म नत बिकास पुगेको छ नत शिक्षा नै ।
कलैया नगरपालिकाको कार्यालय भन्दा ३ सय मिटर दुरीमा दक्षिण पटी रहेका बस्तीमा डोम, मलीको ५० घरधुरीको करिब २ सयको हराहारीमा रहेको जनसंख्यालाई शुद्ध खाने पानीको सुबिधा पनि छैन् । खुल्ला दिशा मुक्त अभियानमा यहाँ करोडौको खर्च भएपनि उनीहरु अहिले पनि ख्ुाल्ला रुपमा दिशा पिसा गर्न बाध्य रहेका छन ।
बस्ती भएर जाने सयौ स्थानिय बासिन्दाहरु म्ुाख छोपेर यत्रा गरिनु पर्ने बाध्यता रहेको छ । ‘कलैया नगरपालिकाले यस क्षेत्रमा सरसफाई समेत नगरेका कारण हामी बिधार्थीहरुलाई समेत निकै कष्ट भोग्नु परेका छ’ सिद्धी बिनायकमा कक्षा ४ मा अध्ययनरत बिधार्थी सुरज साहले भने ‘बिहान र बेलुकी त्यही बाटो भएर स्कुल जादा मुखमा रुमाल छोपेर हिडनु परेको छ ।’
बाहिरको मान्छेलाई त एक छिन त्यो बाटो भएर जादा मुख छोपेर जानुपरेको छ भने ती बस्तीमा बस्ने हामीहरुलाई कुन हालत होला सहजै कल्पान गर्न सकिन्छ हामी सबैको पीडा उस्तै छ राकेश मलीले बताए ।
खानेपानी कार्यालयले दुई बटा धरा जडान गरे पनि पानीको निकास नहुदा पानी जमेर गनाउने गरेको स्थानिय उमेश मलीले बताए । उनका अनुसार ठाउ पनि सागुरो रहेको कारण टोलका फोहर समानहरु फाल्ने ठाउको अभावका कारण पनि जताततै फोहर फालिदा फोहर हुने गरेको उनको तर्क थियो ।
वाडा न ९ मा पासवान , दास, गिरी, सरभंग, कायस्थ, बाहुन, नेवार समुदायको मmन्डै ५ सय जनसंख्याको बसोबास भए पनि ती टोलको एक कुनामा मली अर्थात डोम समुदायको छुटै बस्ती रहेको छ । ती समुदायका करिब २ सय जनसंख्या रहेकोमा एक जना पनि साक्षर छैन । तर सरकार साक्षरताको नाममा करोडौ खर्चिसकेको छ ।
गरिबीको अभावका कारण ती टोलका ५ बर्ष देखि १५ बर्ष सम्मका बालबालिकाहरु स्कुल जाने उमेरका मmन्डै ५० भन्दा बढी रहेको भए पनि उनीहरुलाई बिधालय भन्ने कुरा थाह नभएको र तीनीहरु नगर भित्रमा रहेको फोहर बस्तुहरु टिपेर बेचेर परिवारलाई गुजरा टार्नमा सहयोग गर्ने गरेको ११ बर्षीया निलम मालीले बताईन ।
५ बर्षीया सोनिया मलीको दिनचर्या निलम भन्दा फरक छैन । उनी पनि भात खाएर बिहानै घरबाट निस्केपछि नगरका बिभिन्न गल्लीहरु चहादै फोहर पलास्टिकका बोतल, कालो पलास्टिक टिप्दै जम्मा गर्दछिन र जम्मा गरेका ती फोहरहरु बेचेर आएका केही पैसा परिवारलाई दिने गरेको बताउँछिन् ।
टोलमा रहेका ती बालबालिकाका परिबारजनको कथाब्यथा पनि कम छैन । उनीहरु मध्ये केही कलैया नगरपालिकामा चर्पी सफा गर्ने काम गर्दछ भने कतिले साहु महाजनको चर्पी सफा गरिनुको साथ साथै घर आगंन पनि सफा गरी आफनो जिविका चलाउने गरेको बाध्यता स्थानिय भोटर मलीले बताए । त्यसै गरी महिलाहरु बासको दौरा, सुपुली, नागलो बनाई जसो तसो गुजरा टारी रहेको स्थानिय सुसिला मलीले बताईन् । राज्यले व्यवस्थित बसोबासका लागि गरिब, दलितहरुलाई प्राथमिकता दिने भनिए पनि सबै दृष्टिकोणबाट पिछिडिएका यो बस्तीलाई सरकारको ध्यान नपुग्नु निकै दुखद भएको गुदर मलीको पिडा रहेको छ ।
सविधान सभाको निर्वाचनतका धेरै दलका अधिकान्स नेताहरुले बस्तीको बिकासका लागि पहल गर्ने बचन दिएपनि निर्वाचन बितेको बर्षौ बित्दा समेत एक पल्ट पनि ती दलका नेताहरु बिकास गर्नु त परै जायोस एक पल्ट मुख पनि देखाउन नआएको गुदरको आरोप रहेको छ ।

नेपालको दोसा्रे पुरानो पुस्ताकालय जनहितको मmन्डै ५० मिटरको दक्षिण पटीमा रहेको सो बस्तीमा कलैया नगरपालिका, जिल्ला बिकास समिती, र जिल्ला शिक्षा कार्यालयको ध्यान नपुगेको स्थानिय बिरेन्द्र मलीको आरोप रहेको छ ।
२०१५ साल सम्म जिल्लालाई पुर्ण साक्षर बनाउन जिल्ला शिक्षा कार्यालयको लक्ष्य रहेको छ भने २०१७ साल सम्म जिल्लालाई पुर्ण खुल्ला दिशा मुक्त जिल्ला घोषना गर्न लक्ष्य लिएको भए पनि जिल्लाको मुटुमै रहेको बरेवाको डोम बस्ती र कलैयाकै ५ मा रहेको अर्को डोम बस्तीमा अहिले सम्म पनि नत साक्षारता नै पुगेका छन नत चर्पीको नै व्यवस्था भएको छ ।
जिल्लामा दर्जनौ समाजिक संघसंसथाहरु क्रियाशिल रहेपनि डोम बस्तीमा ती संस्थाहरुको ध्यान जान सकेको छैन । त्यती मात्र होईन बिकास पनि सो बस्तीमा पुगेका छैन नेपाल पत्रकार महासंघ बाराका सहसचिव संजय तिवारी भन्छन । अहिलेको जमनामा पनि भेदभाव गरिनु र सभ्य मानव जस्तै जिवन बयतित गर्न नसकिनु सरकारको कमी रहेको बारा नागरिक समाजको जिल्ला अध्यक्ष सुख प्र्साद चौधरीले भने । कलैया नगरपालिकाको कार्यकारी अधिकृतको रुपमा आएका सुरेश राउँतको पनि ध्यान त्याहाँ नपुगेको सो बस्तीका बासिन्दाहरु बताउँछन् । सहायक जिल्ला शिक्षा अधिकारी एवम साक्षरता अभियानका फोकल ब्यक्ति धन प्रसाद पोखरेल संग बुमmदा पहिला सर्बे गरेको अनुसार नै साक्षरता कायृक्रम लागु गरिएको बताउदै नपुगेको ठाउहरुमा सर्बे गरी कार्यृक्रम चलाउने बताए । बिकास ,शिक्षा र स्वास्थको पहुच जिल्लाको कुना कप्चामा पुगाउनका लागि स्थानिय प्रशासन पुर्ण कटिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले भने ।
साभार :- कलैयालाइभ डट कम 

No comments:

Post a Comment