दुवै मृगौला फेल भएपछि सभासद मेघराज नेपाली अस्पताल भर्ना

प्रकाश तिमल्सिना, काठमाडौं २९ जेष्ठ, २०७२, विभेद बिरुद अभियान – संविधानसभामा प्रतिनिधित्व गर्ने मधेस समता पार्टीका सभासद मेघराज नेपाली निषाध दुवै मृगौला फेलभएपछि अस्पताल भर्ना भएका छन्। उनी भक्तपुर मानवअङ्ग प्रत्यारोपण केन्द्र भर्ना भएका हुन्। त्यहाँ उनको यही साता मृगौला प्रत्यारोण गरिने जनाइएको छ।लामो समयदेखि अस्वस्थ रहेका सभासद निषाध संविधानसभाको पछिल्लो प्रक्रियामा सहभागी हुन सकिरहेका छैनन्।

'मृगौला फेल भएपछि उनी अस्पताल भर्ना हुनु भएको छ, यही साता प्रत्यारोपण गर्ने तयारी भइरहेको छ' उनका स्वकिय सचिव विजयप्रकाशले नागरिकन्युजसँग भने, 'उहाँकी श्रीमती राजेश्वरी देवीले मृगौला दिने भएपछि डाक्टरले प्रत्यारोपणको तयारी गरिरहेका छन्।' डा. पुष्करचन्द श्रेष्ठ लगायतको टोलीले सभासद निषाधको उपचार गरिरहेको हो।सो पार्टी पहिलो पटक संविधानसभा उपस्थितिमा जनाएको हो। निषाध पार्टीका एक मात्र सभासद हुन्। 
स्रोत:- नागरिक दैनिक 

No comments:

Post a Comment