काठमाडौं, १९ जेठ , विभेद बिरुद्ध अभियान ।पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पा र उनलाई बाबु दाबी गरेका गणेश शेर्पाबीच तत्कालका लागि समझदारी भएको छ । एमाले अध्यक्ष केपी ओलीकै हस्तक्षेपमा गणेशलाई न्याय दिने गरी समझदारी भएको हो । गणेश शेर्पाले आफूले ३५ वर्षसम्म नागरिकता नपाएको भन्दै अदालत, दलित आयोग र एमाले मुख्यालयमा समेत उजुरी दिएका थिए । एमाले अध्यक्ष ओली र उपाध्यक्ष विद्या भण्डारीले गणेश र कृपासुरको नाताबारे चासो राखेका छन् ।स्रोतका अनुसार ओलीले आफ्नै निवासमा कृपासुर र गणेशलाई भेटेर सम्बन्धबारे जानकारी लिएका थिए । उपाध्यक्ष भण्डारीले पनि मन्त्री शेर्पासँग जानकारी मागेकी थिइन् ।
ओली र भण्डारीसँग भेटमा मन्त्री कृपासुरले गणेशसँगको सम्बन्ध स्वीकारेको स्रोतले बतायो । स्रोतका अनुसार यसवीचमा कृपासुर र गणेशबीच पनि संवाद भएको छ । एमालेका एक स्थायी समिति सदस्यका अनुसार सोमबार बसेको स्थायी समिति वैठकमा उपाध्यक्ष भण्डारीले गणेशको निवेदनमाथि छलफल गर्न माग गरेकी थिइन् । उनको मागपछि यो विषयमा मंगलबार बस्ने स्थायी समिति बैठकमा छलफल गर्ने सहमति भएको ती सदस्यले जानकारी दिए ।गणेशले गत बुधवार एमाले मुख्यालयमा नागरिकता दिलाइदिन माग गर्दै तीन पृष्ठ लामो निवेदन दर्ता गराएका थिए । त्यसैदिन गणेशले राष्ट्रिय दलित आयोगमा समेत न्याय दिलाइदिन भन्दै निवेदन दिएका थिए ।
गणेशले नागरिकताको माग गर्दे जिल्ला अदालत काठमाडौंमा समेत मुद्धा दर्ता गराएका छन् । उनले कृपासुर र धनमाया दर्नालको सम्बन्धबाट आफू १ मंसिर ०३७ मा आफु जन्मेको उल्लेख गरी नाता प्रमाणित गराई नागरिकता दिलाइदिन माग गर्दै आएका थिए । स्रोत: नया पत्रिका
एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले।
दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार !
गोपाल परियार शिवा
No comments:
Post a Comment