जातीय विभेदको घटनामा प्रहरीले उजुरी समेत दर्ता गर्न मानेन

महेन्द्रनगर, २९ जेष्ठ, २०७२, विभेद बिरुद अभियान । दैजीको भम्कामा दलितको इनारमा फोहर कपडा धोएर गैर दलित परिवारले जातीय रुपमा अपशब्द प्रयोग गरी गालीगलौज गरेका छन् । गैर दलितले दलित परिवारलाई हात खुट्टा भाँची दिने धम्की दिएका छन् । 
भम्काकी एकल महिला जमुना दमाईलाई स्थानीय ईश्वरी चन्दले जातीय रुपमा अपशब्द प्रयोग गर्दै गाली गलौज गरी कुटपिट गर्ने धम्की दिएकी छन् । ‘मैले घर नजिक खोलामा पानी खान न्वालो(इनार) बनाएकी छु, त्यसमा त्यो चन्दले दिसा पिसाब फोहर भएका बच्चाका लत्तापकडा र महिनावारी भएका बेलामा कपडा धोयो’ दमाईले भनिन्,‘पानी खाने समयमा किन धोएको भन्दा तँ डुमिनी, भणिनी, तेरा हात खुट्टा भाचि दिन्छु भन्दै गाली गर्न थालिन ।’ गाली गलौज गरेपछि नजिकका दुई महिलालाई बोलाएर ल्याउँदा चन्दले उनीहरूलाई समेत गाली गरेको दमाईले बताइन् ।
चन्दले गालीगलौज गरेपछि दमाईले न्यायका लागि प्रहरी कार्यालय गुहारेको दुई साता नाघेको छ । दैजीस्थित अस्थायी प्रहरी विट हुँदै जिल्ला प्रहरी कार्यालय आउँदासम्म न्याय न्याय पाएकी छैनन् । ‘मलाई तल्लो जात भनेर त्यसरी गाली गलौज गर्दा न्यायका लागि प्रहरी कार्यालय धाएकी छु’ उनले भनिन्,‘गरीब भनेर कसैले वास्ता गरेको छैन ।’ प्रहरीले दुबै पक्षबीच सहमति गराउने भन्दै चन्द विरुद्ध उजुरी समेत दर्ता नगरेको उनी बताउँछन् । 
‘मैले सहमति खोजेको होइन, म विरुद्ध जुन ज्यादति गरिएको छ , त्यसको न्याय खोजेको हुँ’ उनले भनिन्,‘तर सहमति गरी मिलाउने भन्दै अहिलेसम्म मुद्दा दर्ता समेत गरेका छैन ।’ प्रहरीले दैजी काँग्रेस नेताका दबावका उजुरी समेत दर्ता नगरेको उनका आफन्तहरू बताउँछन् । 
चन्दको घर दमाईको भन्दा डेढ किलोमिटर टाढा छ । चन्दले दमाई एक्ली भएकाले उनको पानी खानेमा इनारमा लत्ता कपडा धोएको स्थानीय बताउँछन् । गत पूसमा चन्द परिवारले दमाईका छोरालाई आक्रमणको प्रयास गरेका थिए । 
चन्द परिवार सहित स्थानीय गैर दलितले बाढीले बगाएको दमाईको जग्गा सहितको बगुन खोलाको बगर संरक्षण गरी वन बनाएका छन् । २०३६ सालदेखि जमिन भोगचलन गर्दै आएको जमिनबाट दमाईको सहित चार परिवार २०४८ मा बाढीले विस्थापित विस्थापित भएका थिए । त्यसपछि स्थानीयले उनको बाढीले बगाएको जमिन सहितको क्षेत्र संरक्षण गरी वन बनाएका छन् । चन्दको सासु जानकी बगर संरक्षण समितिकी अध्यक्ष छिन् । 
तीन वर्ष अघि खोलाको धार बदलिएर दमाई परिवार फेरि आफ्नै जग्गामा बसेपछि चन्द परिवारसित विवाद उब्जिएको हो । दमाई परिवारले फेरि बसोबास गरेपछि खोलामा इनार बनाएर पानी खान थालेका थिए । 
बाढीले विस्थापित भएपछि दमाई परिवार स्थानीय गैर दलितको जग्गाा बस्दै आएका थिए । ‘यो तेरो जमिन होइन भन्दै सुरुदेखि बस्दादेखि नै झगडा गर्न थालेका थिए’ उनले भनिन्,‘अहिले बसेको रिसमा दिसा पिसाब गरिएका कपडालाई न्वालामा धोएर हेप्न खोजिएको छ ।’ 
चन्दले फोहर कपडा धोएर इनारलाई सफा गरी दमाई परिवारले त्यहींबाट पानी खाने गरेको छ । ‘ त्यस्तो फोहर धोएको ठाउँबाट अन्त पानी खाने ठाउँ छैन’ उनले भनिन्,‘त्यहींबाट खान्छौ ।’
स्रोत:- पुलेसो 

No comments:

Post a Comment