दलित समुदायका सभासदहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए
Wednesday, June 24, 2015

काठमाडौ , ९ असार- बिभेद बिरुद अभियान । दलित समुदायका सवालमा अघिल्लो संविधानसभामा सर्वसम्मत रुपमा पारित भएका सबै विषयवस्तु नयाँ संविधानमा जस्ताको त्यस्तै महत्वका साथ समावेश गर्न र नया सविधानमा दलित हक अधिकार सुनिस्चित गर्न माग गर्दै आज संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका ४० जना दलित समुदायका सभासद्ले प्रधानमन्त्री ,एकीकृत माओवादीका अध्यक्ष कम्रेड प्रचण्ड एव
नेकपा एमाले पार्टी अध्यक्ष एवं संसदिय दलका नेता केपी ओलीलाई छुटाछुटै भेट गरि ज्ञापनपत्र बुझाएका छ्न ।

राज्यका सबै तहका राजनीतिक र संवैधानिक नियुक्तिमा दलित समुदायको अनिवार्य प्रतिनिधित्व तथा राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कम्तीमा पनि एकजना एवम् मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सिफारिस गर्ने पाँच जनामा एक दलित हुनैपर्ने व्यवस्था गर्न ज्ञापनपत्रमा ध्यानाकर्षण गरिएको छ । गत सोमबार मात्रै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई भटेर दलित समुदायका सभासद्हरु ले यिनै बिषयहरु समेटेर नौबुँदे ज्ञापनपत्र बुझाउदै नया सविधान दलित समुदायको हकहित स्थापित गराउन ध्यानाकर्षण गराएका थिए ।
सरोकार
No comments:
Post a Comment