मृगौला पिडित सिमा परियारको परिवारद्धारा सहयोगको याचना

बेसिहर, १९ जेष्ठ २०७२ , विभेद बिरुद्ध अभियान । दुवै मृगौलाबाट पिडित चिति ३ तिलाहरका १५ वर्षिया सिमा परियारका परिवारद्धारा आर्थिक सहयोगको याचना गरेका छन् । बेसिहरमा आज पत्रकार सम्मेलको आयोजना गरि परिवारले सहयोग गर्न आग्रह गरेका हुन् ।  जनकल्याण उच्च माविबाट एसएलसी दिएर वसेकी सिमाको पिडुला र घाँटिमा समस्या देखिएपछि गोर्खा स्थित आँपपिपल अस्पतालमा उपचार गर्न आफन्तले लगेका थिए ।  आँपपिपलबाट चितवन भरतपुरमा रिफर गरेपछि टिचिङ अस्पतालमा जाँच गरेपछि दुवै मृगौलाले काम नगरेको पत्ता लागेको थियो । सिमाको अहिले टिचिङ हस्पिटलमा हप्ताको एक पटक डाइलेसिस गर्नुपर्ने अवस्था आएको छ । उपचारको क्रममा हाल सम्म परिवारको साडे दुई लाख भन्दा वढि खर्च भइसकेको छ । आर्थिक अवस्था कमजोर भएका सिमाको मृगौला प्रत्यारोपणका लागि काठमाडौ लैजान अस्पतालले आग्रह गरेको छ । 
मृगौला प्रत्यारोपणमा मृगौला पिडित सिमाको आमा कमला र हजुर आमा बुधमाया परियारले दिने भने पनि आर्थिक अवस्था कमजोरका कारण प्रत्यारोपण गर्न समस्या भएको बाबु रामकृष्ण परियारले वताउनुभयो । सिमाको मृगौला प्रत्यारोपण गर्न पाँच लाख अस्पतालमा डिपोजिट गर्नुपर्ने र दुई लाख भन्दा वढि अन्य खर्च हुने अनुमान गरिएको छ । आर्थिक अवस्था ज्यादै न्युन भएका परियारले आफ्नी एक्ली छोरी सिमाको उपचारका लागि सहयोग गरिदिन सवैसँग अनुरोध गर्नुभएको छ । आफ्नो वहिनीलाई छिटो भन्दा छिटो मृगौला प्रत्यारोपण गर्न अस्पतालले आर्थिक अभावका कारण उपचार गर्न लैजान समस्या भएको सिमाको दाजु शिव परियारले गुनासो गर्नुभयो । सिमाको उपचारका लागि सहयोग गर्न इच्छुक महानुभावहरुले दाजु शिवको फोन नम्वर ९८०६५६९६७० मा वा सामुदायिक रेडियो मस्र्याङदीको ठेगाना Community Radio Marsyangdi 95 MHz, Besishahar-2, Tamu sangralaya, Lamjung Tel. +977 066 520547/520020/521220 Email: radiomarsyangdi95@gmail.com, ccdc.lamjung@gmail.com
मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

No comments:

Post a Comment