मुटुरोगी फलिन्द्रबहादुर सुनारको उपचारका लागि सहयोग

दमौली, जेठ ३१, विभेद बिरुद्ध अभियान । बरभञ्ज्याङ गाविस वडा नं ५ निवासी मुटुरोगी फलिन्द्रबहादुर सुनारको उपचारका लागि सयौं हातहरुले ५ हजार सहयोग हस्तान्तरण गरेको छ ।
सो रकम बिहिबार सयौं हातहरुका अध्यक्ष डम्बर अधिकारी र सयौं हातहरुका सदस्य एवं रामज्योति बोडिङ स्कुलका संस्थापक प्रिन्सिपल सहदेव अधिकारीले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए।
राजधानी स्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको अप्रसेनका लागि डेट लिएका सुनारलाई आर्थिक अभाव भएको विषय जानकारी भए लगत्तै सयौं हातहरुले सो रकम सहयोग गरेको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष अधिकारीले आपत्विपत् र दीनदुःखीहरुका लागि सहयोग गर्ने संस्थाको उदेश्य अनुरुप सुनारलाई सो सहयोग गरिएको बताएका थिए । त्यसैगरी संस्थका सदस्य एवं रामज्योतिबोडिङ स्कुलका संस्थापक प्रिन्सिपल सहदेव अधिकारीले सयौं हातहरुले सामाजिक क्षेत्रमा निकै सह्रानीय कार्य गर्दे आईरहेको बताएका थिए ।
सो अवसरमा सयौं हातहरुले मुटुरोगी सुनारलाई सहयोग गरेकोमा बरभञ्ज्याङगका राजनीतिक अगुवा नहकुल अधिकारीले धन्यवाद दिएका थिए । सयौं हातहरु मार्फत सहयोग पाएपछि मुटुरोगी सुनार निकै हर्षित भएका छन् ।यसअघि पनि सयौं हातहरुले टियुमरका रोगी व्यास ९ दुम्सीका मनबहादुर दरैलाई ५५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो ।दरै उपचारका लागि भारत गएका छन् ।

No comments:

Post a Comment