टकनपुर गाबिस सिन्धुपाल्चोकका बासिन्दालाई कतारबाट राहात वितरण

घनश्याम पराजुली (कृष्ण), दोहा । जेठ ३१, विभेद बिरुद्ध अभियान –  गत बैशाख महिनामा नेपालमा गएको महाभुकम्पबाट पिडित बनेका टकनपुर गाबिस सिन्धुपाल्चोकका बासिन्दालाई कतारबाट राहात वितरण गरिएको छ ।
कतारका व्यवसायी तथा समाजसेवी कमल घिमिरेको पहलमा सिन्धुपाल्चोकका १ सय घर परिवारलाई राहात सामाग्री वितरण गरिएको हो । एनईएसएएफका डा. भिमा ढुङ्गानाको संयोजकत्वमा कतारबाट सहयोग गरी राहात वितरण गरिएको हो । भुकम्पबाट पिडित बनेका एकल महिला , दलितवर्ग , असाहय तथा बृद्ध अवस्थाका सय परिवारलाई सहयोग गरिएको हो । कतारबाट घिमिरेको पहलमा यहाँ कार्यरत विभिन्न समुदायका व्यक्तिहरुबाट सहयोग संकलन गरिएको थियो ।
नेपालमा गएको विनासकारी भुकम्पमा परी पिडित बनेका निम्न वर्गका परिवारलाई दैनिक गुजाराका लागी प्याकेज बनाएर सामाग्री वितरण गरिएको हो । १ लाख ५० हजार रुपैया बराबरको चामल , दाल , तेल , नुन , चिनी लगायतका सामाग्रीहरु वितरण गरिएको समाजसेवी घिमिरेले जानकारी दिए । नेपालको यस दुःखको समयमा सानो सहयोग भएपनी गर्नुपर्ने भन्दै समाजप्रती सबैको जिम्मेवारी रहेको उनले बताए । कतारबाट पठाईएको रकमबाट नेपालमा सहयोग सामाग्रीको प्याकेज गाउँमा पुगेर नै वितरण गरिएको हो ।

No comments:

Post a Comment