राष्ट्रपति पाउने पालो जनजाति र दलितको : कांग्रेस नेता केसी

२०७२ असार  २ विभेद बिरुद्ध अभियान। नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले अगामी सत्ता समीकरणमा नेपाली कांग्रेसले राष्ट्रपति पाए पार्टीका आदीवासी जनजाति र दलित नेताहरुले अवसर पाउनुपर्ने बताएका छन्। उनले पद बाँडफाडमा चार जना बसेर निर्णय गरेको स्वीकार्य नहुने भन्दै सहमति र संस्थागत निर्णयबाट बाँडफाड मिलाउनुपर्ने बताए।
‘अहिलेको सोच र शैली र राज्यको संरचनाले पुनर्निर्माणको काम हुन नसक्ने स्पष्ट भइसकेकोले अहिले दाबी जसको भए पनि नयाँ सोच र विश्वासको साथ अघि बढ्नुपर्छ,’ राजधानीमा आयोजित एक कार्यक्रममा केसीले भने।
उनले यो दल त्यो दलभन्दा पनि सबै भूकम्प पीडित दलको रुपमा नयाँ निर्माणमा जानुपर्न बताए। त्यसका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनलेब ताए। ‘जनतामा उत्साह जगाउने खालेको सरकार आवश्यक छ। त्यसका लागि विचारमा पनि परिवर्तन गर्नुपर्छ,’ केसीले भने।
केसीले दलहरुले गरेको सहमतिजस्तो असार महिनाभित्र संविधान जारी गर्न सम्भव नभएको भन्दै साउन मसान्तसम्म मस्यौदा बनाएर दसैंअघि संविधान जारी गर्न सकिने बताए। उनले भने- ‘सकेसम्म छिटो संविधान जारी गर्ने हो। तर फाष्टट्रयाकको नाममा आधारभूत प्रक्रियालाई छोट्याउनु हुँदैन। जनतामा जाने कुरा छोट्याउन सकिँदैन।’
साभार:- नागरिक दैनिक 

No comments:

Post a Comment