सोलुखूम्बुका भुकुम्पपिडित दलित समुदायले पर्याप्त राहत पाएनन्

टिकाराम बिश्वकर्मा- २०७२ जेठ २०, सल्लेरी सोलुखुम्बु – विभेद बिरुद्ध अभियान  । बैशाख १२ र २९ गते आएको महाभुकम्पले सोलुखुम्बु जिल्लामा पनि मानवीय तथा भौतीक संरचनामा क्षती पुरयाएको छ । जिल्लामा ८ हजार ५ सय ५५ घरहरु ध्वास्त भएका छन । भने ८ हजार ९ सय ८२ घरमा अशिक क्षती पुगेको छ । त्यसैगरी महाभुकम्पमा परेर ज्यान गुमाउनेहरुको संख्या २२ छ भने १२० जना घाइते भएका छन् ।
बिनासकारी भुकम्पका कारण आम नागरीक मध्ये सोलुखुम्बुका दलित समुदाय पनि प्रभाबित भएका छन । दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा खासगरी जिल्लाको कोशिपारीका ग्रामिण भेग सोताड, गुदेल, बुगं, छेस्काम लगायका क्षेत्रका गाबिस तथा डाँडाँपारी, गोली ,चौलाखर्क र भकाञ्जे गाबिसमा वसोवास गर्दै आइरहेका दलितहरु ब्ढि प्रभाबित भएका छन । यस क्षेत्रमा मानबीय क्षती नभएतापनि सबैजसो गाबिसका दलित बस्तीका घरहरु ध्वास्त भएका छन । अहिले त्यस क्षेत्रका दलितहरु जोखिमपुर्ण खुल्ला ठाँउमा दिन काट्दै आएका छन ।
महाबिपतीपछि बिभिन्न किसिमका समस्याहरु भोग्दै आइरहेका दलित समुदायले अझैपनि पर्याप्त राहत नपाएको गुनासो गरेका छन् । घरबार विहिन भएका सोलुखुम्बुका दलित समुदाय त्रिपालको अभावका कारण अहिले एउटा त्रिपालभित्र ४ घर परिवार बस्दै आएका छन । सामुहिक बसाईको कारण गर्भवती महिला ,बालबालिका र बृदबृदाहरुको स्वास्थ्यमा बिभिन्न सिसिमका समस्या देखापर्न थालेको उनीहरु बताउछन । साथै यस्ता समस्या कम गर्न पिडितहरुले बिभिन्न प्रकारका राहत र सहयोगको समेत अपील गरेका छन ।
सदियौ देखी समाजमा शोषण, दमन र उत्पीडनमा परि सामाजिक आर्थिक रोजगार लागयतका बिभिन्न क्षेत्रमा पहुच नभएका दलित समुदायलाई महाभुकम्पको विपक्तिले थप पिडा थपेको छ ।

स्रोत:- जागरण मिडिया सेन्टर

No comments:

Post a Comment