के सानो जातले माया गर्न हुदैन ? - जानकी जानू

३ - असार,विभेद बिरुद्ध अभियान ।  जुन किरीको किरकिर आवाज र गैरी खेतबाट सुनिने भ्याकुताको टर टर आवाज र औँशीको कालो रातको चित्कार संगै मनमा हजारौँ प्रश्न हरुले आफैलाई प्रतिप्रश्न गरि रहेको छ ।

तर म नाजवाफ  भएर सोच्दै छु कि म को हुँ ?  तर पनी म संग जवाफ छैन र म दमनमा परि रहेको छु र म भित्र बलेको आक्रोशको आगोले मलाई पिरोली रहेको छ पोलि रहेको छ ।  किनकी मैले कसैलाई आफूभन्दा धेरै माया गरेको थिए । मायात उनले पनी गर्थिन् किनकी म उनीलाई दोष दिन चाहान्न उनले पनी उतिकै माया गर्थीन जतिकै मैले माया गर्थे हामी एक अर्का देखि टाढा बस्न सक्थेनौ ।  हामी स्कुलमा पानी पधेरोमा बजार संगै हिड्थ्यौ मेरो घर र उनीको घर वारी पारी पर्थ्यो  तर एक दिन उनको घर परिवारले हाम्रो प्रेमको बारेमा थाहा पाएछन् र उनीलाई घरबाट बाहिर निस्कन बन्चित गराए छन ।   उनको बाउले भराउटे सुकुल गुन्डाहरू उठाएर मेरो धुलाई गर्न आए ।

एक दिन अचानक बाटोमा मलाई प्रहार गरे मोडेर हेर्दा आफ्नै ससुरा बा पो रहेछन् बुढा ? ए केटा त आफ्नो औकातमा बस्न सिक तलाई कस्ले भन्यो मेरो छोरी संग माया प्रेम गाँस्न राम राम राम कामीको जात भएर बाहुनको छोरी ताक्ने आफ्नो हैशियत देख्या छस् तैँले हेर केटा आईन्दा तँलाई मेरो घरको वरिपरि देखे भने मेरी छोरीलाई भेट्ने कोसिस गरिस भने तेरो हात खुट्टा भाँचेर फ्याकी दिन्छौ पानी नचलने जातले बाहुनको छोरी आट्ने ।

बस अब अति भयो के सानो जातले माया गर्न हुदैन ?  माया गर्नु पाप हो ? तपाईँ पनी मान्छे म पनी मान्छे त रह्यो जात केमा ? जन्मिदा कसैले जात धर्म निधारमा लेखेर आएको हुदैन जात धर्म तपाईहरू जस्ताले बनाएको हो कुनै पनी धर्म शास्त्रमा जात जातीय को भेदभाव हुन्छ भनेर लेखिएको छैन जात हुन्छ त मात्र पुरुष स्त्रीमा त कहाँबाट आयो जातको कुरा ?  तपाईँले पुज्ने भगवान् र हामीले पुज्ने भगवान् एउटै हो त कसरी भयो मान्छे मान्छेमा भेदभाव ?  कुन जातिको कुरा गर्नुहुन्छ तपाईँ ?  दमाईले सिलाएको कपडा लगाउनु हुन्छ सार्कीले सिलाएको जुत्ता लगाउनु हुन्छ कामीले बनाएको चुलोमा खाना बनाउनु हुन्छ ठेकीमा दही मोथ्नु हुन्छ कुकुर बिरालो संग छोइदा तपाईहरू अछुत बन्नु हुदैन हामी मान्छेसंग छुदा तपाईहरुलाई सुन पानी चाहिन्छ त्यो सुन पनी त अछुत जातले बनाएको हो त कसरी मानवमा मानवताको भेदभाव भयो त्यसैले मायामा कुनै जात हुदैन पानी जस्तो संग्लो हुन्छ त्यसमा कुनै रङग हुदैन मुख्या बा ?  मैले तेरो भाषण सुन्नु छैन तँलाई तेरो ज्यानको माया छ भने आफ्नो बाटो लाग । मुख्या बा मलाई मेरो ज्यानको भन्दा तपाईँको छोरीको माया धेरै छ ।

यदि मलाई मारेर तपाईँले तपाईकी छोरीलाई खुसी राख्न सक्नुहुन्छ भने मार्नुस मलाई कुनै डर छैन मायामा कत्तिको तागत हुन्छ त्यो तपाईँ थाहा नै होला शरिर मरेर जाल जलेर जाला तर हाम्रो माया मर्दैन र मार्न पनी सक्नुहुन्न । तर ति भरौटे सुकुल गुन्डाहरू म माथी जाई लागे टाउकोमा चोट पर्दा थाहा भएन म कति खेर बिहोस् भए ति जातको नाममा कलंक लगाउने पापीहरूले रात रात उनीलाई कहाँ पुराए थाहा भएन गाउँ घरका भलादमी जम्मा भए तर त्यहाँ पनी जातमा प्रश्न चिन्ह लगाइयो कामले कामी भयो ।  सिपले दमाई तर के हामी मान्छे हैनौ हामीलाई मान्छे भएर मान्छेको बराबरी हकमा बाच्ने कुनै अधिकार छैन म कामीको छोरो थिए उनी बाहुनकी छोरी हुन् भन्दैमा माया गर्न पाप थियो किन दलित भनेर हामी माथि दमन गरिएको छ किन किन ??????
कथाकार : जानकी जानू, कुवेत

No comments:

Post a Comment