भूकम्पबाट बेसहारा बनेका दुई बालकका लागि एमालेले बनाइदियो घर

ओखलढुंगा, जेठ ३१, विभेद बिरुद्ध अभियान – एमाले ओखलढुंगाले सिद्धिचरण नगरपालिका ३ मा बेसहारा बनेका दुई दलित बालकका लागि घर निर्माण गरेको छ । आमा, बुबा दुवै गुमाएपछि बेसहारा बनेका विजय र विनोद विश्वकर्माको घर निर्माण गरेर एमालेले सहयोग गरेको हो ।भूकम्पबाट घर पूर्णरुपमा क्षति भएपछि विजय र विनोदकि आमा लक्ष्मी विश्वकर्माको चिन्ताकै कारण गत जेठ १४ गते ४१ वर्षको उमेरमा ज्यान गएको थियो । विजय र विनोदले आमाको काजकिरिया समेत सार्वजानिक पाटिमा बसेर गरेका थिए । 
उनीहरुका बुवा उद्धब विश्वकर्माको ११ वर्ष अगाडिनै ज्यान गएको थियो । आमा, बुवा दुवै गुमाएपछि विचल्लीमा परेका र सहयोग गर्ने कोहि नदेखेपछि आफुहरुले जीर्ण घरको भग्नावशेष हटाएर मर्मत तथा निर्माण गरि बस्न मिल्ने बनाइदिएको एमाले केन्द्रिय सदस्य तथा सभासद् यज्ञराज सुनुवारले बताउनुभयो ।  सुनुवारको नेतृत्वमा ४८ जनाको टोलीले एक दिन लगाएर एक तले घर  निर्माणगरी विचल्लीमा परेका विजय र विनोदलाई हस्तान्तरण गरेको छ । 

No comments:

Post a Comment