उत्पीडित दलित संजाल बागलुङको आठौ अधिबेशन सम्पन्न

बागलुङ २०७२ जेठ २३ - विभेद विरुद्ध अभियान। प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएता पनि छुवाछुत अझै कायम रहेको बताएका छन् ।कार्यक्रममा सञ्जालका सल्लाहकार तथा अधिबक्ता यामबहादुर चर्मकारले अवधारणा पत्र प्रस्तुत गर्दै राज्यको इच्छा शक्ति, कानुनको शासन, दलितहरुको सवालहरुको पहिचान, स्तरीकरण र दीर्घकालिक योजना तयार गर्नुपर्ने भन्दै भेदभावप्रति प्रभावकारी कानुनको व्यवस्था गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका पुर्व सदस्य गोविन्द नेपाली लगायत एक दर्जन बक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्जालका अध्यक्ष टिकाकुमारी विकको अध्यक्षता र महासचिव श्याम विकको सञ्चालनमा सम्पन्न भएको थियो ।जातीय भेदभाव कसुर सजाय ऐन नेपालमा लागु भएको नौ वर्ष पुगेको अबसरमा बिहिबार बागलुङ उत्पीडित दलित समुदायको सञ्जालले आफ्नो आठौ अधिवेशन तथा अन्तरक्र्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले यस्तो बताएका हुन् । प्रजिअ पौडेलले सो अवसरमा छुवाछुत गर्ने व्यक्तिलाई कडा कानुनको व्यवस्था हुनुपर्ने पनि बताए ।
यसैगरी,उत्पीडित दलित समुदायको संजाल बागलुङको आठौं अधिवेशनबाट टकबहादुर बोहरा अध्यक्ष पदमा निर्विरोध रुपमा चयन भएका छन् ।अधिवेशनबाट संजाललको उपाध्यक्षमा सुरेन्द्र बोहरा, महासचिवमा सीताराम रसाइली, सचिवमा सुनिता विक र कोषाध्यक्षमा भक्तबहादुर विक सर्वसम्मत रुपमा चयन भएका छन् ।
 संजालको सदस्यहरुमा रेशम गोतामे, रामनाथ विक, ओमबहादुर सुनार, रणसिंह थापा बोहरा, भीमबहादुर विक, बुद्विमाया थापा बस्याल, दिलमाया विक थापा, सुबास्ना विक, पम्फा किसान, हरिकला विक, रिमराज सुनार, संगलसिंह परियार, अशोक विक, कुविर विक, विष्णु विक रहेका छन् ।

No comments:

Post a Comment