‘कति ढिलो गरेकी त्यो कमिनेले’ ?

चितवन, जेठ २३ – विभेद विरुद्ध अभियान । नेपालको अन्तरिम संविधानमा नेपाललाई धर्म निरपेक्ष घोषणा गरिएको छ । नेपालमा जातिय छुवाछुत अन्य भएको वर्षौं बितिसक्दा पनि अझैंसम्म दलितहरुमाथि थिचोमिचो हुँदै आइरहेको छ । दलितहरु खुल्लेआम दलित भनेर हिँड्न सकेका छैनन् । दलितहरु दलित भएकै कारण विभिन्न अवसरहरु गुमाएका त छन् नै विभिन्न सार्वजनिक स्थानमा समेत होच्याइने गरिएको छ । शनिवार नारायणगढको सार्वजनिक स्थानमा दुई उच्च ओहोदामा बसेका व्यक्तिहरुले एक स्कुलमा प्रअमाथि जातीय अवहेलना हुने गरी अपशब्द प्रयोग गरेका छन् । शक्तिखोर–१ दोगरामा बस्ने तिलकुमारी विकलाई नारायणगढमा रहेको बालकुमारी उच्च मावीसँगै रहेको बालकुमारी होटलमा बसेका दुई व्यक्तिले ‘कमिनि’ शब्द प्रयोग गरेका छन् । राप्रावि सिद्धिकी तिलमाया स्कुलकी प्राचार्य हुन् । आफ्नो विद्यालयमा शिक्षक आवश्यक भएकाले बालकुमारी उच्च माविमा शिक्षक छनौट परीक्षाका लागी उनी विहान बालकुमारी आएकी हुन् । उनी आउनुअघि शिक्षा कार्यालयका पुर्विचितवनको विद्यालय निरीक्षक रामचन्द्र सिंखडा तथा शक्तिखोर स्रोत केन्द्रका स्रोत व्यक्ति रामकृष्ण लम्सालले ‘कति ढिलो गरेकी त्यो कमिनेले’ जस्ता जातीय विभेद हुने रुपमा शब्द प्रयोग गरेका थिए । शिक्षकहरुको पनि शिक्षकको रुपमा लिइने स्रोत व्यक्ति तथा विद्यालय निरीक्षकले आफुलाई होच्याएको भन्दै आपत्ति जनाएकी छिन् ।
आवाज…..।। 
सार्वजनिक स्थानमा जातीय विभेदको कुरा गर्दै गरेको प्रतक्षदर्शी जीत बहादुर विकले तिलकुमारीलाई विभिन्न अवहेलना हुने शब्द प्रयोग गरेको बताए । ‘नेपालमा यस्ता खालका घटना सधैं घटिरहेका छन् । यो सबै धनी वर्गको थिचोमिचोले गर्दा भएको हो’ उनले भने, ‘यस्ता खालका घटना घट्नका लागि गगन थापाले संसदमा पेश गरेको जस्तो व्यक्तिले आफ्नो इच्छाअनुसारको थर राख्नुपर्ने व्यवस्था हुन जरुरी छ । नत्र यस्ता खालका प्रतिष्ठित व्यक्तीहरुवाट त यस्ता कुरा आउँछन्, भने अरुको के कुरा गर्नै ।’ नेपालमा भएको कानुनलाई पूर्ण रुपमा पालना नर्गलाने पनि यस्ता खालका घटनाले प्रसय पाएको उनले बताए । 
आवाज….।। 
घटनाको विषयमा विद्यालय निरीक्षक सिंखडा र स्रोत व्यक्ति लम्सालले आफुहरुले गल्ती गरेको भन्दै माफी मागेका छन् । ‘हामीहरुले त्यसरी होच्चाएर भनेका हैनौं’ उनिहरुले भने, ‘हामीले त मायाले भनेका हौं ।’ प्रत्यक्षदर्शी राप्रावि सिद्धका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर तामाङले तिलकुमारीलाई गरेको व्यवहारले सम्पूर्ण दलितलाई असर गर्ने बताए । ‘शिक्षकहरुको गुरुले नै यसरी जातको कुरा गरेर होच्याएपछि विद्यार्थीले कस्तो कुरा सिक्छन्’ –उनले भने । पीडित तिलकुमारीले एक विज्ञप्ती जारी गर्दै आफुमाथि गरेको व्यवहार सम्पूर्ण दलितहरुमाथिको दुव्र्यावहार भएको भन्दै दोषीलाई कारवाहीको माग गरेकी छन् । स्रोत - रातोपाटि

No comments:

Post a Comment