गाउँ गाउँमा जातीय विभेद ऐनको बारेमा जानकारी दिने अभियान सूरु

कोहलपुर-  जेठ २०  , विभेद बिरुद्ध अभियान  – जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को बारेमा जानकारी दिने उद्देश्यले जिल्ला विकास समिति अन्तर्गतको दलित जिल्ला समन्वय समितिले बुधबार बागेश्वरीमा अन्तरक्रिया गरेको छ ।
गाउँ गाउँमा ऐनको बारेमा जानकारी सूरु भएको अभियानको चौथो दिन बागेश्वरीमा कार्यक्रम भएको । जिल्लाको नरैनापुर, बैजापुर, मनिकापुरमा ऐनको जानकारी दिएको समितिले बागेश्वरीका दलित समुदायलाई उक्त जानकारी दिएको हो ।
ऐन आएको चारबर्षसम्म पनि ग्रामिण भेकमा दलित समुदायमा ऐनको जानकारी नहुँदा विभेदका घटना बाहिर आउन नसकेको र दोषीले उन्मुक्ति पाउने गरेको कारण अभियान थालिएको दलित जिल्ला समन्वय समिति उपाध्यक्ष कृष्ण बहादुर विकले बताए । ‘जातीय विभेदका घटना जिल्लामा प्रशसस्त हुने गरेको भन्दै उनले गाउँ गाउँमा अभियानको जानकारीले दलित समुदायमा विभेद न्यूनीकरणमा सहयोगीसिद्ध हुने भने ।
देश छुवाछुक्त राष्ट्र घोषणासंगै जातीय विभेद अन्त्यका गर्न बनाएको कानुन आएको चार बर्षसम्म दलित समुदायमा जानकारी नहुँदा विभेदका प्रहरी, प्रशासन र अदालतसम्म नपुगेको भेटिएको छ । चार बर्ष अघि जारी जातीय विभेद कसूर र सजाय ऐनमा कसैले कुनैपनि स्थान (निजि तथा सार्वजनिक) मा छुवाछुत र जातीय विभेद गर्न नपाईने र यदि गरेमा विभेदको प्रकृति बमोजिम तीन महिना देखि तीन बर्षसम्म कैद वा एक हजार रुपैँया देखि २५ हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने र ऐन बमोजिम कसूर गरेको ठहरिएमा पीडितलाई २५ हजार देखि एक लाख रुपैँयासम्म क्षतिपुर्ति भराईदिने सक्ने व्यवस्था छ ।

No comments:

Post a Comment